---Advertisement---

प्रदेशमन्त्री पुन र पूर्व सांसद शर्माको कित्ता क्लियर !

On: December 22, 2020 2:45 PM
Follow Us:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको केन्द्रिय समितिको भेलाले म्याग्दीका दुई जना केन्द्रिय समितिमा चयन भएका छन् ।

आज काठमाण्डौमा गरेको भेलामा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुन र पार्टीको प्रदेश कार्यालय सदस्य नवराज शर्मालाई केन्द्रिय महाअधिवेशन आयोजक समितिमा मनोनित गरेको हो । पुन प्रदेश ख की निर्वाचित सांसद हुन भने शर्मा दोस्रो संविधानसभा सदस्यका प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

नेकपा एमाले तथा नेकपाका प्रभावशाली नेता मानिने पुन र शर्माले कित्ता क्लियर गरेका छन् । पश्चिम म्याग्दी क्षेत्रमा ओली लाइनले आफ्नो प्रभाव जमाउने प्रयासमा केन्द्रिय सदस्यद्धय पुन र शर्माको भूमिका निकै महत्वपूर्ण हुने स्रोतको भनाई छ ।

पार्टीभित्र विभाजनको जोखिम बढेपछि संविधान सभा सदस्य शर्माले जिल्लाबाट निर्वाचित पूर्व एमालेका स्थानीय तहका जनप्रतिनिधिसँगै विभिन्न भेटघाटमा समेत पूर्व एमालेको स्थानीय कार्यकर्ता सम्म सहज वातावरण रहेको रिर्पोटिङ गरिएको समेत बताइएको छ । यता सामाजिक विकासमन्त्री पुनको उपस्थितीले स्थानीय तहका साथै पूर्व एमालेको टोलीलाई आफ्नो पक्षमा ल्याउने वातावरण बनाउन सक्ने ओली निकट स्रोतको भनाई छ ।

यसैबीच यसअगाडी केन्द्रिय सदस्यमै रहेकी प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री थममायाँ थापालाई पुरानै समितिमा रहेकाले थप यथावत राखिएको बताइएपनि थापाले आफ्नो सामाजिक सञ्जालमा पार्टी फुटको नजिक पुगेपछि कम्यूनिष्ट एकताको पक्षमा आफ्नो धारणा राखेकी थिईन् ।

केन्द्रिय सदस्य तथा विघटित प्रतिनिनिधि सभाका सांसद भुपेन्द्र बहादुर थापा पनि ओली पक्षको केन्द्रिय भेलामा पुगेको विभिन्न संचारमाध्यमले समाचार प्रकाशित गरेपनि स्वतन्त्र पुष्टी भएको छैन् । सांसद थापाले मध्यमार्गी भूमिका निर्वाह गरेको देखिन्छ । प्रधानमन्त्री ओलीले आजै ११९९ जनाको केन्ीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।

यसैबीच जिल्लामा अव प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आफ्नो शक्ती नाप्ने गरी अभियान सञ्चालन गर्ने निश्चित भएको छ । दुबै पक्षले आफ्नो बलियो पकट रहेको दावी गरिरहेको अवस्थामा प्रचण्ड–नेपाल पक्षको केन्द्रिय सदस्यको भेलाबाट म्याग्दीका कसले नयाँ जिम्मेबारी पाउँछन भन्ने चासो समेत बढेको छ । यता जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले संसद विघटनको विपक्षमा आफ्नो प्रतिक्रिया जनाएका छन् । नेकपाका सचिव हरिकृष्ण श्रेष्ठले मध्यमार्गी भूमिका निर्वाह गरेको देखिन्छ ।