जाडो मौसम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२, भूरूङ तातोपानीले ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई न्यानो कपडा वितरण तथा सम्मान गरेको छ ।

मंगलबार वडामा आयोजित वडाभित्रका ८६ जनालाई गाउँपालिका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमायाँ मगर, प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदी, वडा अध्यक्ष ओमबहादुर फगामीले ब्लाङ्केट,कम्मल वितरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले जाडोमा विपन्नको घरमा न्यानो कपडाको अभाव हुने भएकाले गाउँपालिका तथा विभिन्न निकायबाट सहयोगको आवश्यकता रहेको बताए ।

वडा कार्यालयको ५० हजार, गाउँपालिका र स्वदेश तथा विदेशमा रहेका अन्नपूर्णबासीले गरेको सहयोगबाट करिब १ सय जनालाई वितरण गर्ने गरी भुरुङ तातोपानीमा न्यानो कपडा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जाडोबाट जोगाउन आर्थिक क्षमता भएकाले कपडा दिएर सहयोग गर्न सबैलाई आग्रह गरेका थिए । कार्यक्रमको अध्यक्ष वडा अध्यक्ष फगामी, सञ्चालन वडा सदस्य बुद्धि पुनले गरेका थिए । आर्थिक अवस्था कमजोर भएका विपन्नलाई जाडो समयमा आवश्यक न्यानो कपडाको अभावका कारण कष्टकर जिवन विताउनुपर्ने बाध्यता रहेको छ ।

Leave a Reply