????????????????????????????????????

जिल्लाको रघुगंगा गाउँपालिकाको ज्ञानोदय माविमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । स्याङजाको चापाकोट नगरपालिका–१ घर भई हाल दुबैमा कार्यरत माया भण्डारीको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय माविमा अध्ययनरत १० जना दृष्टिविहिन विद्यार्थीलाई शैशिक सामग्री सहयोग गरिएको हो ।

सो शैक्षिक सामाग्री मोना साउदीका अध्यक्ष विपिन पौडेलले एक कार्यक्रमका विच मंगलबार विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको छ । शिक्षक र अभिभावकको उपस्थितीमा मंगलबार ज्ञानोदय माविमा अध्ययनरत १० जना विद्यार्थीलाई प्रति विद्यार्थी कापी ,कलम ,झोला ,न्यानो कपडा र स्कुल ड्रेस लगायत शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

यसैगरी जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ७ .स्थित ताकम माविमा अध्ययनरत ४ जनालाई पनि वितरण गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । ताकम माविका ४ जना विद्यार्थी समेत गरी १४ जना विद्यार्थीलाई ४५ हजार रुपैयाँ बढीको शैक्षिक सामाग्री वितरण गरिनेछ ।

ज्ञानोदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्माले सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले दृष्टिविहिन विद्यार्थीका लागि थप सहयोग गर्न सबैलाई अपिल समेत व्यक्त गर्नुभयो । यसैगरी दृष्टीविहिन श्रोत कक्षाका श्रोत शिक्षिक गणेश सुवेदीले विद्यालयमा पर्याप्त भौतिक संरचना र प्रविधिको अभाव हुँदा दृष्टि विहिन विद्यार्थीलाई पठनपाठनमा समस्या भएको बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म २७ जना दृष्टिविहिन विद्यार्थीले एसईई पास गरेका छन् भने अहिले विद्यालयमा दश जना अध्ययनरत छन् । विद्यालयका निमित्त प्रअ दुर्गादत्त रिजालको संचालनमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply