म्याग्दीका थप दुईजनाको नाम प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा थपिएको सूची सार्वजनिक भएको छ। पूर्व एमालेका जिल्ला अध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिव हरिकृष्ण श्रेष्ठ, यूवा संघ नेपालका पूर्व विदेश विभाग प्रमुख सन्तोष रावलको नाम समेत बुधबार विभिन्न संचारमाध्यमले सार्वजनिक गरेसँगै म्याग्दीमा ओली निकट केन्द्रीय सदस्यको संख्या चार पुगेको छ।

पछिल्लो पटक थपिएका दुई केन्द्रीय सदस्यमा रावलले आधिकारिक रुपमै पुष्टी गरेका छन् भने श्रेष्ठको धारणा सार्वजनकि नभएपनि सामाजिक सञ्जालमा बधाई दिन थालिएको छ । पार्टी विभाजनको मुखमा पुगेको अवस्थामा कम्यूनिष्ट पार्टीलाई एक बनाउनुपर्ने र अन्तिम समयसम्म एकताकै पक्षमा देखिएका श्रेष्ठले आफ्ना शुभचिन्तक,पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल र मोवाईलमा सन्देश समेत पठाएर तटस्थ भूमिका निर्वाह गरेका थिए।

केन्द्रिय सदस्यमा थपिएको नामका बारेमा गण्डकी प्रदेशका मुख्यमन्त्री पिएस गुरुङले नै बधाई सहित जानकारी दिएको स्रोतले जनाएको छ । अहिलेसम्म कुनै पनि समूहमा नखुलेको अवस्थामा गण्डकी प्रदेशबाट थपिएकाको सूचीमा श्रेष्ठ ओली समूहमा प्रष्ट रुपमा देखिएमा म्याग्दीमा को कता हुने हुन् भन्ने चर्चा र चासोसमेत थपिएको छ। पार्टीभित्र शालिन र एकताको क्रममा केन्द्रीय सहमतिकै आधारमा सचिव पदको जिम्मेबारी सम्हालेका श्रेष्ठलाई प्रचण्ड–नेपाल पक्षले समेत आफ्नो पक्ष बताउँदै आएका थिए ।

ओलीको केन्द्रीय सदस्यको टिमलाई वडा अध्यक्ष सहित जनप्रतिनिधिले समेत बधाई लेख्न थालेपछि विस्तारै तल्लो तहसम्म कित्ताकाट हुन थालेको छ । ‘मलाई जानकारी प्राप्त भइसकेको छ,‘मैले जिम्मेबारीलाई सफलतापूर्वक सम्पन्न गर्नेछु’ केन्द्रीय सदस्य रावलले भने । ‘मेरो लाइन जबज हो, त्यो नै अवको नेकपाले अगाडी बढाउँछ’ उनले भने ।

उनले म्याग्दीमा अहिले नै हतार गर्नुपर्ने अवस्था नभएको बताउँदै प्रचण्ड–नेपाल समूहमा चर्चा गरिएका केही महत्वपूर्ण पात्रहरु अन्तिममा ओली लाइनमा आउने समेत दावी गरे । ओली समूहको थपिने नयाँ केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका १ सय ९ जना छन् । म्याग्दीबाट विघठित प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, पूर्वमन्त्री थममायाँ थापा अहिलेसम्म खुलेका छैनन् ।

म्याग्दी

नरदेवी पुन

नवराज शर्मा

हरिकृष्ण श्रेष्ठ

सन्तोष रावल

 

Leave a Reply