सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (विप्लब) नेतृत्वको नेकपा म्याग्दीका जनसरकार प्रमुख जगेन्द्र पुन (जगत) मृत्युको छानविन गर्न गृह मन्त्रालयले छानिबिन समिति गठन गरेको छ ।

पर्वत कारागारमा थुनामा रहेको अवस्थामा बेहोस भएपछि उपचारमा पर्वत प्रहरीले हेलचेक्राई गरेको भन्दै परिवारले शब बुझ्न अस्वीकार गरेपछि मानवअधिकारकर्मीले समेत छानविनको माग गरेका थिए । गृह मन्त्रालयले छानविनका लागि टोली पठाउने तयारी भइरहेको बताइएको छ । उक्त टोलीले पर्वत कारागारदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेर मृत्युको कारण पत्ता लगाउने स्रोतले जनाएको छ ।

मंसिर २४ गते दिउँसो १२ बजे पर्वत कारागारमा बेहोस भएका पुनलाई पोखरा लगेर भेन्टिलेटरमा राखिएकोमा मंसिर २९ गते निधन भएको थियो ।  अस्पालमा उपचार गर्दागर्दै मृत्युभएपनि राज्यपक्षले उपचारमा चरम लापरवाही गरेको मृतकका परिवारको आरोप छ । पुनको मृत्यु भएपछि पार्टीका महासचिव विप्लवले विज्ञप्ती निकालेर उक्त घटना छानबिन गर्न माग गरेका थिए । उक्त घटनालाई लिएर धौलागिरी भित्रका चार जिल्ला बन्द समेत गरिएको थियो ।

मानवअधिकारवादीहरूसमक्ष आह्वान गरेका थिए । राज्यको नियन्त्रणमा रहेको र बिरामी अवस्थामा समेत उपचार नपाई नेता जगतको मृत्यु भएको भन्दै प्रहरी प्रशासनको चौतर्फी आलोचना समेत भएको थियो । मालिका गाउँपालिका–३ अदिभाराका ५८ वर्षीय पुनलाई अभद्र ब्यबहार सम्बन्धी मुद्दामा जिल्ला कारगार पर्बतमा थुनामा रहेकै अबस्थामा उच्च रक्तचापका बिरामी थिए ।

२०७६ फागुन ९ गते पहिलो पटक घरबाटै पक्राउ गरेर अभद्र ब्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो ।त्यसै गौहत्या सम्बन्धी अर्को मुद्दा लगाइएका पुनलाई अदालतले ५४ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

गत कात्तिक तेस्रो हप्ता पर्वत लगिएका पुनलाई पर्वत जिल्ला अदालतले मागेको ५० हजार रुपैयाँ धरौटि तिर्न नसकेपछि कारागार चलान गरिएको थियो ।  खेति किसानी गरेर जिबिकोपार्जन गर्दै आएका पुनको स्थायी घर डाडागाउँ भएपनि केही समययता अदिभारामा बस्दै आएका छन् ।उनको श्रीमतिको केही महिना अघि निधन भएको थियो ।

Leave a Reply