म्याग्दीमा बुधबार कोरोना भाइरसको लक्षण सहितका ७ सङ्क्रमित थपिएका छन् । रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने जस्ता समस्या देखिएपछि बेनी अस्पतालमा पुगेका बिरामीको स्बाब संकलन गरी पोखरा पठाइएकोमा ७ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

गएको मंसिर ५ गते १० जनाको नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा मंगला गाउँपालिका–५ बस्ने ५५ बर्षिय पुरुष, बेनी नगरपालिका–७ बस्ने ४८,३०,२७ र ४३ का ४ जना पुरूष, बेनपा–९का २६ का पुरुष र बेनीबजारकी २४ बर्षिया एक महिलामा कोरोना पुष्टी भएको थियो । संक्रमतिमध्ये ३ जना प्रहरी रहेका छन् भने अन्य सबै सर्वसाधारण रहेका छन् ।

‘संक्रमति सबैको लक्षण देखिएको छ,‘अब लक्षण नदेखिएकाको स्बाब संकलन गरिदैन’ प्रमुख लम्सालले भने । उनले म्याग्दीमा पछिल्लो समय भेटिएका संक्रमतिहरुमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या नै प्रमुख कारण भएको बताए। लक्षण सहितका संक्रमति भेटिएकाले अझैपनि जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्नेमा प्रमुख लम्सालको भनाई छ । म्याग्दीमा नयाँ सहित १८ जना सक्रिय संक्रमति रहेका छन् । म्याग्दी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १७९ जना (महिला ४३ र पुरुष १३६) पुगेको छ ।

Leave a Reply