दैनिकज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका बेनी नगरपालिका-५,भिरमुनीका ३६ बर्षिय मिठे दर्जीको घाँस काट्न गएको समयमा रुखबाट लडेर उपचारको क्रममा मृत्यु भयो । मंसिर १ गते रुखबाट लडेर उपचारको क्रममा बेनी अस्पतालमा दर्जीको मृत्यु भएपछि परिवारले कष्टपूर्ण जीवन विताइरहेका छन्।

दर्जीले मजदुरी गरी परिवारको गुजारा चलाउने गर्दथे। दर्जीको मृत्युपछि दुई छोरी १ छोरा र श्रीमतिलाई विहान–बेलुकी हातमुख जोड्न, पढाउन समेत मुस्किल भएको स्थानीय राजकुमारी परियारले बताईन् । ‘चरम गरिबीका कारण पेटभेरी खाना समेत पुग्दैन्,‘बालबालिकाको पढाई नै अगाडी बढाउन मुस्किल छ’ परियारले भनिन् ।

आर्थिक अभावकै कारण नियमित पढ्न शैक्षिक साम्रगी, पोशाक खरिद गर्ने नसक्ने अवस्था रहेको उनले बताईन्। गाउँकै पौलस्त्य माविमा कक्षा ७ मा करुणा र कक्षा ५ मा अरुणाका साथै बालविकासमा अध्ययरत अजित परियारले मुटु नै कमाउने गरी जाडोमा खाली खुट्टा, एकसरे लुगा लगाउनुपर्ने बाध्यता रहेको छ ।

‘कमाउने बुबाको मृत्युपछि पेटभरी खान पाइएको छैन्,‘धेरै दिन भोकभोकै सुतेका छौ’ अरुणाले भनिन् । घरको पिँढीमा छोराछोरीसँगै बसेकी मृतक दर्जीकी श्रीमतिले आँखामा टिलपिल आँसु झादैं पढाईमा सहयोगको याचना गरेकी छन् ।दुई छोरी र एक छोरालाई काखमा च्यापेर बसेकी दर्जीले श्रीमानको मृत्युको पीडासँगै छोराछोरीको शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको बताईन् ।‘कमाउने मान्छे गए, ठूलो छोरालाई जवरजस्ती फसाए,‘घरमा भएका छोराछोरीको चिन्ताले सताइरहेको छ’ उनले भनिन् ।

जाडोमा ओड्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्न समेत नभएको अवस्थामा श्रीमानको उपचारमा अमेरिकामा रहेकी बेनपा–४ की शबी थापाले ३० हजार सहित विभिन्न ठाउँबाट जुटेको सहयोगले खर्च गरेको दर्जी परिवारको भनाई छ ।

यसैबीच आर्थिक अभावक कारण विद्यालयको पोशाक नभएपछि बेनीअनलाइनको पहलमा बेनपा–७ मंगलाघाट अस्थायी बसोबास भई हाल यूएईमा रहेका सुजन सेन्चुरीले १० हजारबाट ६ सेट पोशाक र २ हजारको थप लत्ताकपडा खरिद गर्न सहयोग गरेका छन् ।

उक्त सहयोग पत्रकार अनिल पौडेलमार्फत हस्तान्तण गरिएको छ । सोही अवसरमा बेनपा–५ अबयचौर घर भएका पत्रकार पौडेलको नेतृत्वमा शैक्षिक साम्रागी, लत्ताकपडा, खाद्यान्न साम्रागी संकलनको अभियान सुरु भएको छ ।

 

Leave a Reply