प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको विरुद्धमा प्रचण्ड-नेपाल पक्षका नेकपाका विद्यार्थी र यूवाले सदरमुकाम बेनीमा शुक्रबार साँझ राँकेजुलुस प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै नेकपा कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै राँकेजुलुस निकालेका थिए ।

प्रचण्ड– नेपाल पक्षका अनेरास्ववियू म्याग्दीले बेनीबजारमा राँकेजुलुस प्रधानमन्त्रीको विरुद्धमा प्रदर्शन गरेका थिए । प्रर्दशनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि थप आक्रामक भएका थिए । प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि विवाद भएको थियो । नेकपा विभाजित भएपछि नारावाजी सहित गतिविधिले तिब्रता पाएको छ । विरोधपछि आयोजित कोणसभामा गण्डकी प्रदेशका सदस्य विनोद केसी, प्रचण्ड–नेपाल बेनी नगर कमिटी प्रमुख शेरबहादुर केसीयूवा संघ नेपालका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्मा लगायतका नेताहरु समेत सहभागिता रहेको थियो। आन्दोलनमा होमिएका यूवा तथा विद्यार्थीले दैनिक आन्दोलनका कार्यक्रमहरु सञ्चालन हुने घोषणा समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा रहेका नेकपाका कार्यकर्ता बिच झडपको सम्भावनालाई मध्यनजर गरी बेनीबजारमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ ।

 

Leave a Reply