म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको जिल्ला नगर तर्फ प्रदेश कार्यकारीणी सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेशको दोस्रो महाधिवेशनबाट कर्माचार्य निर्विरोध निर्वाचित भएको म्याग्दी उवासंघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।

म्याग्दी उवासंघले अध्यक्ष कर्माचार्यलाई पदाधिकारीमै उम्मेदवारी दिएपनि सर्वसम्मतिका लागि कार्यसमिति सदस्य चयन गरिएको बताइएको छ । कर्माचार्य २०६० सालमा कार्यसमिति सदस्यमा मनोनित, २०६३–६५ मा सहसचिव, ६५–६८ मा सदस्य र ६८–७१ मा द्धितिय उपाध्यक्ष, ०७१–७४ मा प्रथम उपाध्यक्ष हुदै अध्यक्ष सम्हालेका थिए ।

महासंघको केन्द्रमा खुल्लातर्फ केन्द्र्रीय सदस्यमा म्याग्दीकै कुविरकुमार श्रेष्ठ छन भने प्रदेशमा समेत म्याग्दीको उपस्थितीले काम गर्न सहज हुने अपेक्षा गरिएको छ । यता कार्यकारीणी सदस्य पदमा निर्विरोध चयन गर्न सहयोग गर्ने सम्पूर्णलाई कर्माचार्यले धन्यवाद दिए । म्याग्दी उवासंघको अध्यक्ष पदको कार्याकाल सकिएसँगै कर्माचार्यले अधिवेशनमार्फत माघ महिनाभित्र पद हस्तान्तरण समेत गर्ने जनाइएको छ।

Leave a Reply