नेपाल  जेसीज बर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएका म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन बरुवाललाई सम्मान गरिएको छ । म्याग्दी जेसीजको पुर्व अध्यक्षीय क्लबले शनिवार बेनीमा बरुवालको सम्मानमा आयोजित बधाई तथा कृतज्ञता कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा पूर्व अध्यक्षीय क्लबका अध्यक्ष बिजयकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले माला, खादा, दोसल्ला र सम्मानपत्रद्धारा उपाध्यक्ष बरुवाललाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा म्याग्दी जेसीजका साथै छिमेकी जिल्ला पर्वत र बागलुङका जेसीज शाखाबाट समेत बरुवाललाई बधाई सहित सम्मान गरिएको थियो । रूपन्देहीको भलबारी जेसिजको आतित्यथामा हालै सम्पन्न नेपाल जेसिजको ४७ औ माहाधिबेशनमा म्याग्दी जेसिजको प्रस्तुतीमा राष्ट्रिय उपाध्यक्षका उम्मेद्वार बन्नभएका बरूवालले अत्यधिक मतले बिजयी हुनुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बिजयी हुन सफल भएकोमा बधाई ज्ञापन गर्दै जेसीज अभियानमा रचनात्मक कार्यहरुलाई सम्पन्न गर्न सुझाब दिनुभयो । कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, उपाध्यक्ष बरुवालका बुबा कृष्णप्रसाद बरुवाल र उपाध्यक्ष बरुवालले निर्वाचनमा बिजयी गराउन प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा सहयोग गर्नेहरुलाई आभार प्रकट गर्नुभएको थियो । म्याग्दी जेसीज पुर्व अध्यक्षीय क्लबका अध्यक्ष बिजयकुमार श्रेष्ठको अध्यक्षता, निवर्तमान शाखा अध्यक्ष खम थापा मगरको स्वागत र पूर्व अध्यक्ष बिनय श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा बागलुङ जेसीजका अध्यक्ष सरेन्द्र शाक्य, पर्वत जेसीजका अध्यक्ष राम शर्माले समेत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply