????????????????????????????????????

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरीले कम्युनिष्ट आन्दोलन जोखिममा परेको भन्दै कडा आलोचना गरेका छन् ।

आइतवार बेनीमा आयोजित भेलाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको निष्कर्ष निकाल्दै उक्त कदमको शसक्त विरोध गर्ने निर्णय गरेको छ । भेलाबाट पुस १४ गते बेनीमा संसद विघटन विरुद्ध दबाबमुलक विरोध ¥याली गर्ने , पुस १६ र १७ गते जिल्लाका सबै स्थानीय तहमा भेला, प्रशिक्षण र जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश कमिटीका सह–इन्चार्ज यसोदा सुवेदीले कम्युनिष्ट आन्दोलन र जनताको जनमतलाई धोका दिएर ओलीले संसद विघटन गराएको बताउनुभयो । ‘ओलीले कम्यूनिष्ट आन्दोलनलाई तहसनहस बनाउने प्रयास गरे,‘हामीले उनको सपनालाई नै बिफल पारिदिन्छौ’ सुबेदीले भन्नुभयो ।

????????????????????????????????????

दुई तिहाइ बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले संसद भंग गर्नु संविधान विपरित, अलोकतान्त्रीक, स्वयच्छाचारी र निरंकुशता भएको बताउँदै उहाँले ओलीले इतिहासमा कलंकीत निर्णय गर्दै जंगबहादुरको अर्को संस्करणको तानाशाह चलाउन खोजेको सुबेदीको भनाई छ ।

 नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदी

भेलालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेलले ओली कदमको विरुद्ध देशव्यापी आन्दोलन गर्नुपर्ने अबस्था आएको बताउँदै जिल्लामा समेत शसक्त आन्दोलनका कार्यक्रम गरिने बताउनुभयो ।

उहाँले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त भएका उपलब्धीहरुलाई ओलीले निरंकुश शैलिमा उल्ट्याउने प्रयास गर्न थालेको बताउँदै सबैक्षेत्रबाट शसक्त विरोध र प्रतिरोधको जरुरी रहेको बताउनुभयो । त्यस्तै नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले देशलाई नै पछि धकेल्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कार्यहरुलाई विवेक बन्धक राखेर स्विकार गर्न नहुने बताउनुभयो ।

‘जनताद्धारा निर्वाचित सार्वभौम संसदलाई विघटन गर्ने कार्यले ओलीको वास्तविक चरित्र उजागर भएको छ,‘ निरंकुश शैली बिरुद्ध एकपटक आन्दोलनको विकल्प छैन’ सुबेदीले भन्नुभयो । नेकपा म्याग्दीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका प्रचण्ड र माधवकुमार नेपाल पक्षधर अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो भने राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply