अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सपनाले राष्ट्रपतिलाई भनिन्,‘सडक मानवरहित बनाउने अभियानमा साथ दिनुहोस्’

On: December 27, 2020 8:08 PM
Follow Us:

बेवारिसे लासको ब्यवस्थापन तथा  मानवीय सेवामा सक्रिय सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बेवारिसे र बेसहाराको उचित संरक्षण र ब्यवस्थापनका लागि राज्यबाट विनियोजित बजेटको सदुपयोगका लागि अनुरोध गरेकी छन् ।

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेपछि सरकारी निकायका प्रतिनिधिहरुसँगको भेटघाटमा समेत तिब्रता दिएकी मगरले सरकारले मानवसेवाको नाममा खर्चिएको बजेटको उचित सदुपयोगको आवश्यकता रहेको बताईन् ।

‘मानवरहित सडक बनाउने अभियान अझै प्रभावकारी भएको छैन्,‘यस्ता पवित्र कार्यलाई नारामा मात्रै सिमित राख्नुहुदैन’ सपनाले राष्ट्रपतिसँगको भेटघाटमा भनिन् ।

उनले भेटघाटको अवसरमा राष्ट्रपति भण्डारीले बेवारिसेको ब्यवस्थापनमा आवश्यक सहयोगको प्रतिबद्धता जनाएको समेत बताईन् । सडक बालबालिका र सडकमानवरहित समाज निर्माण गर्ने तथा भीखमाग्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता अनुसार सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो।

सरकारले बेवारिसेलाई उद्धार गरी राख्ने स्थान, खाना, नियमित स्वास्थ्य उपचार र मृत्युपछि धार्मिक विधि अनुसार अन्तेष्टीका लागि प्राथमिकत योजना सहित अगाडी बढ्न आवश्यकता ठानेर भेटघाटमा सक्रिय रहेको सपनाको भनाई छ।

काठमाण्डौ लगायत देशका विभिन्न अस्पतालका शबगृह भित्र रहेका शबको दाहसंस्कार सहित विदेशी भूमिमा ज्यान गुमाएका नेपालीहरुको शब ल्याउने झन्झटिलो प्रक्रियालाई हटाउन यसअगाडी सपनाको अगुवाईमा अर्थमन्त्री विष्णु पौडेललाई अनुरोध गरिएपछि सरकारले झन्झटिलो प्रक्रियालाई सहज बनाएको थियो । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा बुकेनीकी रोका मगरले बिबिसीको सम्मानपछि भेटघाट र सम्मान तथा उद्धार र ब्यवस्थापनमा ब्यस्त छिन् ।