नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै म्याग्दीमा नेताहरू आ–आफ्नो गुटमा लागिरहेका छन् । सांसद र केही जिल्ला नेताहरू तटस्थ बसेपनि केहीले कित्ता क्लियर गदैं अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन्। विभाजनपछिको राजनीतिक साख जोगाउन तथा आफ्नो पक्षलाई खुसी बनाउन सामाजिक मुल्य र मान्यता, सहकार्यको परम्परालाई समेत भत्काउने गरी सामाजिक सञ्जालमा लेखेर हुर्मत लिन थालिएको छ।

त्यस्तै एक अशिष्ट शैली’ को भाषा प्रयोग गदैं नेकपाका यूवा नेता एवम् जिसस प्रमुखका स्वकिय सचिव चन्द्रमान छन्त्यालले सामाजिक सञ्जालमा प्रचण्ड–माधवको पक्षमा लाग्नेलाई ‘रिप’ प्रयोग गर्न अनुरोध गदैं मलामी जान र मानो समेत छोड्न नसकिने भन्दै कडा आलोचना गरेका छन् ।

‘मार्चन्ड (माधव प्रचण्ड) ग्याङ्लाई रिप लेखौं र बसौं’ छन्त्यालले लेखेका छन् । जिसस प्रमुख देबेन्द्र केसीको स्वकिय सचिवको शब्द चयन र आलोचनाको सामाजिक सञ्जालमै कडा आलोचना गरिएको छ । उनको स्टाट्समा केहीले समर्थन गरेपनि अधिकांसले विरोध र तल्लो स्तरको शब्द प्रयोग गरेको भन्दै कडा आलोचना गरेका छन् ।

म्याग्दीमा नेकपा विभाजन भएपनि अहिलेसम्म प्रतिनिधिसभाका सदस्य थममायाँ थापा, भुपेन्द्रबहादुर थापा, नेकपा सचिव हरिकृष्ण श्रेष्ठका साथै जिसस प्रमुख देबेन्द्र केसी समेत तटस्थ रहेको अवस्थामा कार्यकर्तामा सामाजिक सञ्जालमै मारामारले थप मुडभेडको अवस्था देखिएको जानकारहरु बताउँछन्।

नेकपाका यूवाको स्टाटस्, कांग्रेसका यूवाको झटारो
सामाजिक सञ्जालमा नेकपा विभाजनपछि सबैभन्दा तल्लोस्तरको गालीगलौंजामा उत्तिएका छन्त्याललाई तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले सामाजिक सञ्जालमै प्रतिक्रिया दिदैं बिहेमाजन्त मरे मलामी नेपालि समाज र हाम्रो संस्कारको उन्नत मानबियताको नमुना हो’ बानियाँले लेखेका छन् ।

नेताहरू एक अर्कालाई निम्नस्तरको गाली–गलौजमा उत्रिएको अवस्थामा समन्वयकारी भूमिका आवश्यक रहेको समेत बताएका छन् । मनोविश्लेषक तथा राजनीतिक जानकारहरुले विभाजनमा कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा प्रयोग गर्ने र कार्यकर्ता नेताको निकट हुन उत्तेजित भाषण गर्ने, लेख्ने र त्यस्तै शैलीलाई प्रोत्साहन गर्ने गरेको बताउँछन् ।

‘आइडियोलोजी (विचार) भन्दा अराजकताले स्थान पाएको छ,‘अहिलेको विभाजनमा कार्यकर्तालाई साथ लिनजे पनि बोल्न थालेका छन्,’ नागरिक समाज म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठले भने । उनले ‘पढे–लेखेका, विद्वता भएका मान्छेको यस्तो अवस्थामा महत्वपूर्ण हुने बताए । नेता उत्तेजित शैली र छुद्र भाषाले ब्यक्तिगत स्तर देखाउने समेत बताए ।

Leave a Reply