अचानक कलेजोमा खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारर्थ एक म्याग्देलीको उपचारमा झन्डै १४ लाख सहयोग गरिएको छ । धवलागिरी गाउँपालिका-७,धारापानीका ५३ बर्षिय खड्कबहादुर थापालाई स्वदेश तथा विदेशमा रहेका धारापानीबासीले १३ लाख ९६ हजार ३६३ रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ ।

नियमित चेकजाँच र औषधी लगायतको खर्चको अभाव भएपछि अभियान सञ्चालन गरी उक्त सहयोग संकलन गरिएको क्या.भरत बहादुर थापाले बताए । क्या.थापाको संयोकत्वमा संकलन भएको उक्त रकम पीडितको खातामा जम्मा गरिएको थियो ।‘उपचारमा धेरै सहयोग चाहिन्छ,‘सबै सहयोगदाताप्रति आभारी छु’ ‘क्या.थापाले भने ।

नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन नसकेपछि एकपटक अप्रेसनको समय समेत स्थगित गरिएको थियो ।थापाको उपचार अभियानमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहयोग जुटाइरहेको छ ।

यता सहयोगदातालाई धन्यवाद दिदैं पीडित थापाकी श्रीमति यामु थापाले उपचारमा धेरै पैसा लाग्ने भएपनि धारापानीबासीले जुटाएको सहयोगले धेरै सहज भएको बताईन् । ‘मृत्युसँग लडिरहनुभएको छ,‘सबैले सानो–सानो सहयोग अझै आवश्यक छ’ उनले भनिन् ।

निर्माण सम्बन्धि काम गर्ने थापा जेठ महिनादेखि अस्पतालमा भर्ना भएपछि कोष बाहेक धारापानीबासी, बेनीमा क्षेत्री समाजमा आवद्ध भएकाले समेत सहयोग जुटाइरहेका छन् । नियमित उपचारमा करिब २० लाखभन्दा धेरै खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply