नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको छ । नेपाली कांग्रेस म्याग्दीले बेनीमा आयोजित बिरोधसभामा प्रतिनिधी सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको हत्याको प्रयास गरेको बताउँदै लोकतन्त्र र संविधानको रक्षाका लागी सर्वसत्तावादी र अधिनायकवादी कदको कडा प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बीरले, प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवै चलाउन नसकेको आरोप लगाए । ‘भोट माग्ने बेलामा आश्वासन दिए,‘अहिले जनमतको अपमान गरे’ सभापति गर्बुजाले भने । त्यस्तै संविधानसभा सदस्य एवम् पुर्व सभापति रेशमबहादुर बानियाँले संसद पुर्नस्थापनाको विकल्प नभएको बताए ।

‘म्याग्देली जनताले जिताएर पठाएका जनप्रतिनिधिहरु देश दुर्घटनामा जाने अवस्थामा पनि बोल्दैन्,‘ सांसदले गलत कदमको चुप लागेर पार्टीभित्र भविस्य खोज्नुभएको छ’ बानियाँले भने ।

उनले सर्वोच्च अदालतले निर्वाचनमा जाने आदेश दिएमा कांग्रेस बढ्ने बताउँदै अहिलेको अवस्थामा निर्वाचन सम्भव नभएको र संसद पुर्नस्थापना बाहेक अर्को विकल्प खोजिए दुर्घटना हुने चेतावनी समेत दिए ।

जनमतको सुबिधा, संसदभित्रको गणितको सुविधा र देश तथा विदेश सबैतिरको अनुकुल वातावरण पाउँदै गर्दा पनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेकपाबाट निर्वाचित प्रधानमन्त्री ओलीले संबिधान र ब्यवस्थाप्रति विश्वासघात गरेको समेत कांग्रेसका नेताहरुको भनाई थियो ।

पूर्व सभापती डा. भुपेन्द्र खड्का, पूर्व सहसभापती नेत्र महत, सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव क्या मिनबहादुर कार्की, महिला संघ उपाध्यक्ष निर्मला श्रेष्ठ, जिल्ला सदस्य केबि भण्डारी, महाधिवेशन प्रतिनिध चिरञ्जीवी शर्माले प्रधानमन्त्री ओलीको गतिविधि बिरुद्ध कडा प्रतिवाद गरेका थिए ।

कांग्रेस नेताले देशको सबैभन्दा सर्बोच्च पदमा बसेका राष्ट्रपतिले समेत गैरलोकतान्त्रिक गतिविधिमा साथ दिएको र सर्बोच्च पदमा बसेका प्रधानमन्त्रीले नेपाली जनतासँग कपटी, जाली र फट्याई गर्ने काम गरेको भन्दै अब केन्द्रीय आन्दोलनका कार्यक्रमहरु जिल्ला बाहिर ग्रामिण क्षेत्रमा समेत गरिने नेताहरुले घोषणा गरेका थिए ।

कार्यक्रम पार्टी सह–सचिव भरतबहादुर रकालको सञ्चालन, उपसभापती माधव प्रसाद रेग्मीको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममै तरुण दलमा प्रवेश गरेकालाई सदस्यता वितरण गरिएको थियो ।

Leave a Reply