सामाजिक एवम् मानवीय सेवामा सक्रिय लायन्स क्लव अफ बेनी लभ्लीहिलले एक शिक्षकको उपचारमा आर्थिक सहयोग गरेको छ । न्यू वेष्ट पोइन्ट आवासीय माविमा कार्यरत धनबहादुर पाठकको उपचारमा क्लवले क्लवका अध्यक्ष अर्जुन पौडेल, लायन्स क्लव अफ बेनीका अध्यक्ष सुमन श्रेष्ठले अभियानका संयोजक कृष्ण जिसीलाई साढे ८ हजार सहयोग हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममासंयोजक जिसीले दुईदशक देखि शिक्षण पेशामा आवद्ध पाठकको उपचार सहयोगबाटै सम्भव भएको बताए । हस्तान्तरण कार्यक्रममा क्लवका उपाध्यक्ष देबेन्द्र पौडेल, सचिव नेत्रराज सुबेदी, कोषाध्यक्ष लाल बहादुर थापा, सदस्यहरु जिवनप्रसाद पौडेल, भागिरथ उपाध्याय र भरत रकाल लगायतको उपस्थिती रहेको थियो । क्लवले सदरमुकाम बेनी नजिकै रहेको पर्यटकीयस्थल लभ्लीहिल आसपासका क्षेत्रका साथे विभिन्न अभियानका सहयोग गर्ने जनाएको छ ।

Leave a Reply