नेकपा (प्रचण्ड-माधव) समुहले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टचारीको नेता भएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समुहले मंगलबार सदरमुकाम बेनीमा आयोजना गरेको विरोध प्रदर्शन पछिको कोणसभामा प्रधानमन्त्री ओली समुह पत्तासाप हुने गरी राष्ट्रपति र प्रधानमन्त्रीले नक्कली राजारानी बन्ने सपना देख्न थालेको आरोप लगाएका हुन्।

नेकपाका केन्द्रीय सदस्य आशा कोइरालाले केपी शर्मा ओलीमा सर्वसत्ताबाद चेत पैदा भएको घमण्डी,स्वच्छाचारी प्रवित्तिका कारण संसद विघटन भएको बताईन् । ‘ओलीको पतन सुरु भएको छ,‘अब केही महिनामा माफ माग्दै नेकपामा प्रवेश गर्नुको विकल्प छैन’ नेतृ कोइरालाले भनिन् ।

नेकपाका गण्डकी प्रदेश कमिटिका सदस्य तथा गण्डकी प्रदेश सभाका सांसद विनोद केसीले ओलीको कदमका विरुद्ध सडक आन्दोलनमा जानुपर्ने बाध्यता आएको बताए । नेकपा म्याग्दीका युवा नेता बालकृष्ण सुवेदीले ओली मन्त्रीमण्डलमा रहेका नेताहरु भ्रष्टचारमा संलग्न रहेको बताउँदै अवको निर्वाचनमा ओलीको पार्टीले बहुमत ल्याएर राजनीतिबाटै सन्यास लिने समेत घोषणा गरेका थिए ।

उनले ओलीले भारतीय र का एजेण्टको निर्देशनमा गरेको गलत कार्यलाई मुलुकको अभिभावकीय भुमिकामा रहनुपर्ने राष्ट्रपतिबाट समेत क्षणभरमै सदर गर्ने कार्यले राष्ट्रपतिको भूमिकामाथि नै प्रश्न उठेको बताए । नेकपा बागलुङका युवा हिरा केसीले राष्ट्रपति र प्रधानमन्त्रीमा राजारानी बन्ने सपना पलाएकाले केपी ओलीबाट यो गैरसंबैधानिक कदम चालिएको बताए । नेकपा म्याग्दीका युवा नेता रेशम जुग्जाली(सुविन)ले तत्कालिन राजाहरुले प्रजातन्त्रमाथि गरेको हमला जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि हमला गरेको बताए ।

कोणसभामा प्रदेश कमिटिको सदस्य मुना बानियाँ लगायत जिल्लास्तरीय नेताहरुको सहभागिता रहेको थियो । पार्टी अध्यक्ष गोविन्द पौडेलले म्याग्दीका गाउँगाउँबाट ओलीको अराजक गतिविधिको भण्डाफोर गरिने बताए । सचिवालय सदस्य कृष्णकुमार विश्वकमाको सञ्चालन र अध्यक्ष पौडेलको अध्यक्षतामा कोणसभा सम्पन्न भएको थियो ।

Leave a Reply