घाँटीको क्यान्सर पिडित बेनी नगरपालिका-९ घतान काउलेगौडाका मुम बहादुर थापा उपचार अभावमा छटपटाइरहेका छन् । गरिवीका कारण समयमै उपचार गराउन समस्या भएपछि आर्थिक सहयोगको याचना गरेका छन् ।

एकबर्ष अघि क्यान्सर देखा परेपछि ऋणधन गरी खर्च गरेपनि थप सहयोगको आवश्यकता परेपछि अभियान सञ्चालन गरिएको वडा सदस्य अमर बस्नेतले बताए ।

‘उहाँको उपचार सहयोग विना सम्भव छैन्,‘समुदायस्तरबाटै अभियान सुरु गरेका छौ’ बस्नेतले भने । पीडित थापाको उपचारमा करिब ५ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यसैबीच घतानबाट स्वदेश तथा विदेशमा रहेकालाई आर्थिक सहयो अभियानमा सहभागी हुन समेत अपिल गरिएको छ ।

Bank account: 4807010004009 Pipal puri Global Ime bank

सहयाेगका लागि सम्पर्क नम्बर

पिपल पुरी:9847602711, सन्ताेष थापा: 9862496363 अम्मर ब बस्नेत:-9847793318

Leave a Reply