ग्राहकले नियमितरूपमा विद्युत महसुल भुक्तानी नगरेपछि लाइन काटेर कारबाही गर्ने तयारी भइरहेको वितरण केन्द्र प्रमुख माधव महतले बताए । उनका अनुसार ३ महिनासम्म विद्युत बक्यौता बाँकी रहेका सबै ग्राहकको लाइन काटिने भएको छ ।

३ महिनासम्म पनि महसुल भुक्तानी नगरेका ग्राहकबाट ७५ लाख ३८ हजार रुपैयाँ उठ्न बाँकी रहेको बताए । विगत ५ महिनादेखि महसुल नतिर्ने ४७ ग्राहक छन् । यी ग्राहकबाट मात्रै ३७ लाख ३९ हजार रुपैयाँ उठ्न बाँकी रहेको महतले जानकारी दिए ।

‘विद्युत सेवा लिएर साढे ६ वर्षदेखि विद्युत महसुुल नबुझाउने ग्राहक पनि रहेछन्’ उनले भने  ‘अहिलेलाई २० हजार रुपैयाँ बढी तिर्न बाँकी रहेका ग्राहकको लाइन काटेर असुल गर्दैछौं । यो बक्यौता उठिसकेपछि दोस्रो चरणमा १० हजार रुपैँया बढी महसुल नतिर्ने ग्राहकलाई कारबाही गर्ने तयारी गरेका छौं ।’

तेस्रो चरणमा ५ हजार भन्दा बढी महसुल बाँकी भएका ग्राहकलाई पनि कारबाही गर्न लाइन काटेर असुल गरिने महतले बताए ।  लामो समयदेखि विद्युत महसुल नबुझाउनेमा घरयासीदेखि संघ संस्थाका ग्राहक रहेको वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बाँकी सबैभन्दा बढी जिसी क्रसर उद्योगको ७ लाख ५३ हजार रुपैयाँ विद्युत बक्यौता तिर्न बाँकी छ । बारम्बार ताकेता गर्दा पनि महसुल बुझाउन अटेर गरिरहेको वितरण केन्द्रले जनाएको छ । ऊर्जा खबर

Leave a Reply