पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौँमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
दुर्घटनाका क्रममा घाइते भएकी जलजला गाउँपालिका ६ शालिजाकी २३ बर्षीया कौशिला पुर्जाको उपचारका क्रममा पर्वत जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

कुश्मा-बनौँ सडक खण्ड अन्तर्गत ग २ च ६३७९ नं. को जीप दुर्घटना हुँदा जीपमा सवार तीन जना मध्ये कौशिला पुर्जाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जानकारी दिएको छ । जीपका सवारी चालक जलजला ८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, जलजला ९ बनौ घर भइ सोही जीपका सह चालक यमन गर्बुजा सामान्य घाइते छन् । उनीहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा गुडिरहेको जीप सडकबाट करिव २ सय मिटर तल पुगेर भिरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ। रुखका कारण ठूलो दुर्घटनाबाट जोगिएपनि उपचारका क्रममा युवतीको मृत्यु भएको जलजला ९ का वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिए

Leave a Reply