---Advertisement---

मस्तिष्कमा रगत जमेपछि शल्यक्रियाका लागि आर्थिक अभाव, पीडित परिवारले सहयोगको याचना

On: December 30, 2020 10:48 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङकी धनमायाँ विकको उपचारमा आर्थिक अभाव देखिएको छ। मस्तिष्कमा रगत जमेपछि न्युरो अस्पताल काठमाडौमा उपचारर्थ विकको शल्यक्रिया सहित आवश्यक उपचारका लागि आर्थिक समस्या भएपछि सहयोगको याचना गरेका छन् ।

टाउको दुख्ने, आँखाको नानी दुख्ने, बान्ता हुने, शरीर गल्ने, निन्द्रा लागिरहने जस्ता समस्या देखिएपछि उपचारको क्रममा टाउकोमा रगत जमेको चिकित्सकले बताएपछि आर्थिक अभावले उपचारमा समस्या भएको बिरामीका छोरा यामबहादुर विकले बताए ।

‘शल्यक्रिया गर्नुपर्छ, उपचारका लागि आवश्यक पैसा नहुदाँ रोकिएको छ’ विकले भने। उनले शल्यक्रिया सहित नियमित औषधी लगायत अस्पतालमा लाग्ने खर्च जुटाउन नसकेपछि सहयोगको अपिल गरेको बताए । चिकित्सकले बिरामीको तत्काल शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको समेत उनले बताए ।

‘साढे चारबर्षसम्म खर्च गर्दागदैं पैसा सकियो,‘अहिले त उपचारका लागि आवश्यक पैसा नै छैन’ विकको भनाई उद्धित गदैं मराङका यूवा दिपक शर्माले भने । बिरामीलाई पोखरा, भरतपुरमा समेत उपचार गरिएपनि निको नभएपछि काठमाण्डौमा लगिएको थियो । अप्रेसन खर्च, औषधि, खान–बस्नको समस्या रहेको पीडित परिवारको भनाई छ ।

सहयोगको लागि सम्पर्क : याम बहादुर वि क:- 9848304314 (बिरामिको छोरा) पुर्ण गर्बुजा:- 986-4894048 (अध्यक्ष:-डाफे युवा क्लब)

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।