जनस्वास्थ्यको मापदण्डको पालनमा हेल्चेक्राईसँगै म्याग्दीमा धमाधमकोरोना भाइरसको लक्षण सहितका सङ्क्रमित भेटिन थालेका छन्। सरकारले तोकेको मापदण्डको कार्यान्वयनमा सरकारी निकायमा कार्यरतदेखि सर्वसाधारणले समेत पालनामा चासो नदेखाउँदा एक हप्तामै १७ जना संक्रमति थपिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

‘ट्राभल हिस्ट्री समेत नभएका संक्रमतिका लक्षण देखिएको छ,‘संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टीले जोखिम टरेको छैन’ प्रमुख लम्सालले भने। गएको आइतबार ६ जना, सोमबार ६ जना र शुक्रबार ६ जनामा कोरोना देखिएको प्रमुख लम्सालले बताए। संक्रमतिमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने जस्ता लक्षण देखिएको छ ।

संक्रमतिमध्ये जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी, चिकित्सक, स्वास्थ्यकर्मी ,क्लिनिकका सञ्चालक लगायत सर्वसाधारण रहेको स्वास्थ्य कार्यालय प्रमुखले बताए । गएको पुस १२ र १३ गते संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा संकास्पद विरामीहरुको नमुना संकलन गरी पिसिआरका परिक्षणका लागि पोखरा पठाइएकोमा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबारका संक्रमतिमा गुल्मी घर भई हाल बेनीबजार बस्ने वर्ष २४ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष २६ का पुरूष १ जना, बेनपा-३ बस्ने वर्ष ३६ का पुरूष १ जना, बेनपा– ५ का वर्ष २८ को महिला १ जना, बेनपा–७ का बेनी वर्ष ४३ का पुरूष १ जना, बेनपा– ८ का वर्ष ३८ का १ पुरुष रहेका छन् । म्याग्दीमा पछिल्लो समय भेटिएका संक्रमतिहरुमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या नै प्रमुख कारण रहेको छ ।

 

 

 

 

 

 

 

Leave a Reply