Nepal - Jomsom-Muktinath-Kagbeni by Jeep PhotoCredit: fotoSwiss.com/cattaneo

हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मानिएको मुक्तिनाथ मन्दिर खुल्ने भएको छ । समुन्द्र सतहदेखि ३८ सय मिटरको उचाइमा अवस्थित मन्दिर यही पुस २१ गतेबाट खुल्ने सहमति भएको मुस्ताङ उद्योग वाणिज्य संघले जनाएको छ । कोरोनाको जोखिमले मुक्तिनाथ आसपासका क्षेत्रका स्थानीयले मन्दिरमा दर्शनका लागि खोल्न सहमति जनाएको संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।

म्याग्दी र मुस्ताङका होटल ब्यवसायीले समेत चर्को दवाव दिएपछि दुवै जिल्लाको प्रशासन कार्यालयको समन्वयमा मुस्ताङको प्रमुख आर्कषकको केन्द्र मुक्तिनाथ मन्दिर समेत खुल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने पर्यटन ब्यवसायीले बताएका छन् ।

मुक्तिनाथ मन्दिर क्षेत्रमा स्वदेश तथा विदेशबाट आउने धार्मिक पर्यटकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी वारगुङ मुक्तिक्षेत्र गाउँपालिकाले कडाई गरेको थियो ।

शुक्रबार बसेको सर्वदलीय बैठकद्वारा मुक्तिनाथ मन्दिर खुलाउनका लागि ४ बुँदे समझदारी भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, प्रदेशसभा सांसद महेन्द्रबहादुर थकालीले समेत जनस्वास्थ्यको मापदण्डलाई अनिवार्य प्रयोग, भौतिक दुरी कायम गदैं मन्दिरमा दर्शनको ब्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए ।

नेपालका साथै विश्वका हिन्दु तथा बौद्ध धर्मालम्बी आउने मन्दिर खुल्ने भएपछि धौलागिरी भित्रका चारवटै जिल्लाका पर्यटन ब्यवसायी समेत उत्साहित भएका छन् । अफ सिजन भएपनि मुस्ताङमा फाटफुट पर्यटकहरु जाने क्रम सुरु भएको छ । हिउँले पुस, माघ र फागुन महिना मुस्ताङको अधिंकास क्षेत्र सेताम्मे हुने गरेको छ ।

 

 

Leave a Reply