म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिखका वडा अध्यक्ष दिनेशकुमार तिलिजाको उपचारको क्रममा निधन भएको छ । पक्षघात (प्यारालाइसिस) बाट ग्रसित  तिलिजा  पुनको पोखरामा उपचार भइरहेको अवस्थामा शुक्रबार निधन भएको शिखका स्थानीय यूवा सुरेन गुरुङले बेनीअनलाइनलाई बताए ।

लामो समयसम्म प्यारालाइसिसबाट ग्रसित पुनको स्वास्थ्यमा सुधार भइरहेको थियो । अचानक बिरामी भएपछि हेलिकप्टरबाट पोखरामा पुर्याइएको पुनले नियमित चेकजाँचका साथै मसाज, फिजियोथेरापी लगायत उपचार गराइरहेका थिए । पुन स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।        तिलिजा पुनको श्रीमति, दुई छोरी, दुई छोरा छन् ।

Leave a Reply