कास्कीको पर्यटकीय स्थल घान्दुक देउरालीको भिषण डढेलो नियन्त्रणमा म्याग्दीको तर्फबाट समेत टोली खटिएको छ। आइतबार रातीदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले एक्यापको टोलीसँग शुक्रबार भेटेर आवश्यक जनशक्ती थप गरी नियन्त्रणको उपाय खोज्न निर्देशन दिएका छन् ।

विश्वकै ठूलो गुराँसको जंगलमा फैलिएको डढेलो घोरेपानी, पुनहिला तथा आसपासका जंगलमा समेत सल्किने जोखिम बढेपछि नियन्त्रणका लागि खटिने टोलीलाई खर्चको ब्यवस्थापन गर्ने अध्यक्ष पुनले बताए ।

उनले म्याग्दी क्षेत्रमा डढेलो फैलिन नदिन अग्नी रेखा बनाउन समेत स्थानीयलाई अनुरोध गरेका छन् । ‘बेलैमा सर्तक नभए म्याग्दी क्षेत्रको जंगल पनि सखाप हुन्छ,‘बस्ती सुरक्षित भएपनि गुराँस जंगलमा ठूलो क्षती पुगेको छ’ अध्यक्ष पुनको भनाई उद्धित गदैं सुरेन गुरुङले बेनीअनलाइनलाई भने ।

हावाहुरीका कारण डढेलोले घोरेपानी आसपासका जंगल समेत जोखिममा परेपछि एक्यापका प्रतिनिधि नन्दलाल पाण्डेको नेतृत्वमा थप टोली शनिबारदेखि परिचालन हुने बताइएको छ । घुँवाको मुस्लोले म्याग्दी र कास्की क्षेत्रमा पने हिमश्रृंखला समेत छेकेको छ । चोरीशिकारीका लागि गएका व्यक्तिले मात्र आगो लगाएको हुनसक्ने आंशका गरिएको छ।आगलागी हुँदा वन्यजन्तु, रुखविरुवा नोक्सान हुने उनले बताए । कास्की र म्याग्दीको ठूलो गुरासँ त्यस क्षेत्रका घुम्न जाने पर्यटकको प्रमुख आर्कषक मध्ये एक हो ।

 

Leave a Reply