धार्मिकस्थल गायत्री मन्दिर र राम मन्दिरमा रहेका पुजारी, बृद्धबृद्धालाई एक यूवा ब्यवसायीले न्यानो कपडा र मास्क वितरण गरेका छन् । बेनी नगरपालिका-७ संगम चोकमा रहेको धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाँडा पसलका सञ्चालक सुविन श्रेष्ठले मन्दिरका पुजारी, आश्रमका ज्येष्ठ नागरिक सहित विपन्न गरी १९ जनालाई न्यानो कपडा वितरण गरेको गलेश्वर आमा समुहकी अध्यक्ष गौमायाँ मगरले जानकारी दिईन् ।

कालिगण्डकी र रघुगंगा नदी आसपासमा रहेको आश्रममा बसोबास गर्ने बृद्धबृद्धालाई म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका श्रेष्ठ,संचालक,विपिन श्रेष्ठ र सविन श्रेष्ठले वितरण गदैं भविस्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

ब्यवसायिक गतिविधिसँगै सामाजिक र मानवीय सेवामा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए । यसअगाडी बालाचतुर्दशीको अवसरमा प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा रहेको पुलस्त्य पुलअ अन्न्दान क्षेत्रका आश्रममा बसोबास गर्ने बृद्धबृद्धा, विद्यार्थी र कर्मचारी सहित ७५ जनालाई न्यानो कपडा वितरण गरिएको थियो ।

Leave a Reply