कोरोनाको घेराबन्दी बिच आम शिक्षकहरु विद्यार्थीहरूलाई उत्तर दिनव्यस्त छौं तर आफ्नै मन भित्र गुम्सिएका कैयन प्रश्नहरूको उत्तर खोज्ने न त फुर्सद छ न त प्रयास नै गरेका छौं । हाम्रो अध्यापन रिजल्टमुखि छ । विद्यार्थीलाई कसरी प्रथमबनाउने वाभनौ कसरी राम्रो ग्रेड हासिल गराउने भन्ने भुतले प्राथमिकतापाएको छ ।

हामी चाहन्छौ अठार घण्टा विद्यार्थीहरू किताबकापी संग खेलुन । तर बिडम्बना अधिकांस कक्षा प्रथम वा उत्कृष्ट विद्यार्थी नै शिक्षकमा ठमारिएका छौं र पनि उच्च अंक हासिल गर्नु नै अन्तिम सत्य ठानिरहेका छौं । गल्तीको शुरुवात यहिबाट प्रारम्भ हुन्छ । उच्चशिक्षाहासिलगर्नु नै अन्तिम सत्य ठान्ने शिक्षकसंग कति वटा डिग्री छ ?

उससंग त शिक्षाको अन्तिम र उच्च योग्यताहुनु पर्ने होईन र ?किन स्नातक र स्नातकोत्तरमा पुर्णविरामलगाए?विद्यार्थीलाई प्रथमहुन र उच्च ग्रेड ल्याउनदवावदिने शिक्षकसंग कुन ग्रेडको मार्कशिट छ ?कहिल्यै विद्यार्थीलाई मैले जतिल्याएर देखाउभनेर देखाएका छन्?अनि?

शिक्षकलाई थाहा हुनु पर्याे शिक्षकको कुनै दर्जा नै छैन । मर्यादाक्रममाशिक्षकको स्थानकहाँ छ ? खै बहश? कोहि घाम तापेर जागिर खाए भन्छन् भने कोहि आत्महत्या गर्न नसकेर शिक्षक भए भन्छन् । अवस्थागम्भीर छ । कुनकार्यालय, संघसंस्थामा शिक्षकलाई आदर गरेर अभिवादनगरिएका छन् ?कुन सार्वजनिक समारोहमाशिक्षकलाई सम्मान सहितआसन ग्रहण गराईएको छ ?

जस्को लागिजीवन समर्पित गर्याै उनै विद्यार्थीले स्कुले जीवन पछि किनमुख बटारेर नदेखेझै किन गर्छन् ?किनअभिवादनगर्न कन्जुस्याइँ गर्छन् ? गुरुपुर्णिमाकतिविद्यार्थीले शुभकामना भन्छन्–पठाउँछन् ?कतैहामीले दिएको शिक्षागलत त छैन ? सोच्ने बेलाभएको छ ।

मेसी र रोनाल्डोको नाम लेखेको जर्सी लगाउने विद्यार्थीले आफ्नो प्यारो शिक्षक भनेर कहिल्यै शिक्षकको जर्सीमा नाम खोपेको छ ?बार्सिलोना र रियल म्याड्रिडका जर्सीलाई बाह्रैमास लगाउने विद्यार्थीले स्कुले जीवन पछि विद्यालय पोशाक र सदनपोशाककुनकुनामा मिल्काउछ ? कसैले कल्पना गरेकोछ ?

पेले र म्याराडोनाको दुर्लभ रेकर्डको चर्चा चुलिदा सबैभन्दा बढि विशिष्ट श्रेणी वा उत्कृष्ट ग्रेड ल्याउने बनाउने शिक्षकको रेकर्ड खै ?

कुन शिक्षकले आफ्नो सन्ततिलाई शिक्षक बन्न प्रेरित गरेको छ ?किन प्रेरित गर्न सकेका छैनन् ?दुईसय शुल्क बढ्दा भुईचालो जाने अभिभावकमा शिक्षकको सेवा सुविधा प्रति चासो खै ?शिक्षकको हकहितमा निर्णय हुदा उल्टै विद्यार्थी आन्दोलनले तुहाउँदाको परिणामको विश्लेषण खै ?

त्यसैले किताबी शिक्षा होईन व्यवहारिक ज्ञान दिन जरूरी छ । स्मरण गर्नुस् एस. एल. सी.मा नेपाल टप गरेकीगरिमा राणाकी छोरी गौरिका सिहले पौडि प्रतियोगितामा टप भै सागमा नेपाललाई सर्वाधिकपदकदिलाईन् ।

माथिको उदाहरणबाट के प्रष्ट हुन्छ भने विद्यार्थीलाई किताबको गृहकार्य होईन भान्छा घरमा आमालाई सघाउने गृहकार्य दिनुस् । दुना घोक्न होईन बुबालाई व्यापारमा सघाउने गणित दिनुस् । हजुरबुबाहजुरआमालाई स्याहारसुसार गर्ने नैतिकशिक्षापढाउनुस् ।

मार्कशिट होईन म्यानर दिनुस् । सर्टिफिकेट होईन संस्कार दिनुस् । हामीले पढाउने कोशिश त गर्यौ सिकाउने गरेनौ कि ?हामीले सिकाएका विद्यार्थीको व्यबहारमा परिवर्तन आयो कि आएन भनी मुल्यांकन गरेनौकी? त्यसैले किताबका होईन जीवनका समस्या समाधान गर्ने फर्मुला पढाउनुस् । अनि मात्र हाम्रो मेहनतले सार्थकता पाउनेछ । हामी भित्र गुम्सिएका कैयन प्रनहरूले उत्तर पाउनेछौं ।

Leave a Reply