नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले वडा इकाई समितिको पदपूर्ति समिति पुनर्गठन तथा संगठन बिस्तार र संगठन सुदृढीकरणको अभियानलाई तिब्रता दिएको छ । शनिबार बेनी नगरपालिका-६, मा शिब बानियाँको अध्यक्षतामा ४५ सदस्यी तरुण दल वडा कमिटि गठन गरिएको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा सिद्धार्थ केसी, उपाध्यक्ष गणेश बानियाँ, अर्जुन खत्री, सचिवमा तेजेन्द्र खत्री, कोषाध्यक्षमा बिजय बानियाँ, सह– सचिवमा मेस खत्री, सह–कोषाध्यक्ष, गणेश चोखाल रहेका छन् । कार्यक्रममा संविधान सभा सदस्य रेशम बानियाँले यूवाहरुलाई संगठनमा आवद्ध गराउँदै विकास निर्माण र सामाजिक गतिविधिमा केन्द्रीत हुन आग्रह गरेका थिए ।

उनले बेनपा–६ मा कांग्रेसको अवस्था कमजोर नभएपनि संगठन विस्तार तथा विभिन्न कारणले कम्युनिष्ट हावी भएजस्तो देखिएपनि समुदायस्तरमा अवस्था बलियो रहेकाले सशक्त अभियान सञ्चालन गर्न तरुण दललाई अनुरोध गरेका छन् ।

बेनी नगरपालिका प्रमुख तथा सचिव हरिकुमार श्रेष्ठले नगरभित्र यूवाहरुलाई सक्रिय भएर अभियानमा जुट्न अपिल गदैं आफ्नो तर्फबाट आवश्यक सहयोग हुने बताए ।

नेपाली कांग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, पार्टी प्रवक्ता अजय मिलन श्रेष्ठ, जिल्ला सदस्य केबी भण्डारी, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल, नेबिसंघ म्याग्दीका सभापती निर्मल खत्री लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रम बेनपा ६ का सभापती ओम बहादुर खत्री अध्यक्षता, सचिव जिवन प्रसाद पौडेलको सञ्चालन र दिर्ग बहादुर बानियाँको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply