बेनी नगरपालिका-९, नेप्टेचौर स्थित राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ समिति पुनर्गठन भएको छ । शनिबार विद्यालय प्राङ्गनमा आयोजित ६० औ अभिभावक भेलाबाट यामबहादुर चोखालको अध्यक्षतामा गठन भएको ब्यवस्थापन समितिको सदस्यमा बुद्धि बहादुर चोखाल, सुनिता बानियाँ, जुना खत्री, याम बहादुर खड्का, सिता चोखाल, पदेन सदस्यमा वडा अध्यक्ष बेलबहादुर चोखाल र सदस्य सचिव प्रअ तारादेवी चोखाल रहेको विद्यालयका शिक्षक रामचन्द्र पौडेलले बताए ।

अध्यक्ष चोखाल पूर्व प्रशासक समेत हुन् । लामो समय निजामति सेवामा कार्यरत रहेका चोखाल अवकाशपछि रेडक्रस सोसाईटीको अभियानमा समेत सक्रिय छन् ।

त्यसैगरी शोभा कार्कीको अध्यक्षमा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन भएको छ ।समितिको सदस्यमा काशिराम विक, कमला चोखाल, पार्बती सुवेदी , दुर्गा चोखाल, भुपेन्द्र चोखाल, रमेश चोखाल र चित्र बहादुर चोखाल रहेका छन् ।

वडा अध्यक्ष बेलबहादुर चोखालको प्रमुख आतिथ्यता ,बेनी नगर शिक्षा अधिकृत अर्जुन पौडेलको बिशिष्ट आतिथ्यता ,शिक्षक अभिभावक संघको अध्यक्ष अमिता चोखाल खत्रीको सभापतित्व र रश्मि खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।

अभिभावक भेलामा निर्वतमान अध्यक्ष कमल चोखालले भौतिक संरचना सहित विद्यालयमा आवश्यक विभिन्न क्षेत्रमा प्राप्त सहयोगले सामुदायिक विद्यालयमै अब्बल भएको बताए । उनले आफ्नो कार्यकालमा शैक्षिक र भौतिक पूर्वाधारमा भएको परिवर्तन सँगै आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट समेत गरेका थिए ।

Leave a Reply