म्याग्दीका पूर्व माओवादी नेता पुस्कर विकले मुलुक नयाँ युगतिर अगाडि बढेको अवस्थामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधब नेपालको समुहले आफ्नै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल बनाउन खोज्दा पार्टी विभाजन भएको आरोप लगाएका छन् ।

देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध लाग्न माओवादी र नेकपा एमाले पार्टी बिच एकता भएपनि आफ्नै प्रधानमन्त्रीलाई असफल बनाउने प्रयासमा लागेपछि प्रचण्डको लाइन छोडेको बताए ।प्रधानमन्त्री ओली निकट नेकपा म्याग्दीको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता विकले प्रचण्डलाई चिन्न २२ बर्ष लागेको बताए ।

‘आफ्नै घर भत्काउन खोज्नेहरुको पछी लागेर जान सकिएन,‘पार्टीको जिम्मेबारीभन्दा पनि नेताहरुले प्रधानमन्त्रीलाई नै असफल बनाउन खोजेको देखे’ नेता विकले भने । उनले सरकार परिवर्तनमा प्रतिपक्षभन्दा कडा भएर लागेको अवस्थामा प्रचण्डले ठूलो भुल गरेको समेत आरोप लगाए ।उनले आफुँलाई लाल गद्दार’ सम्म भन्नेहरुलाई देखेर दया लागेको बताए ।

‘पार्टी एकतापछि बन्दै गरेको घर भत्काएर हिड्नेहरुको पछाडी लाग्न सकिएन्,‘अब जनताले बास्तविक मुल्याङ्कन गर्नेछन्’ विकले भने ।

बि.स २०५५ सालदेखि माओवादी जनयूद्धमा पूर्वकालिन कार्यकर्ता हुदै जनमुक्ती सेनाको कम्पनी कमिसार, जनवर्गिय संगठनमा सुकुम्बासी संगठनको केन्द्रिय महासचिव, जिल्ला कमिटी सदस्य लगायत विभिन्न जिम्मेबारीमा बसेर काम गरेको बताउँदै कुनै लोभ र पदका लागि प्रधानमन्त्री ओलीको पक्षमा नदेखिएको बताए ।

उनले म्याग्दीमा पूर्व माओवादीको लाइनबाट नेकपामा ८ जना जिल्ला कमिटीमा देखिएको बताउँदै स्थानीय तहदेखि वडास्तरसम्म संख्या ठूलो रहेको बताए ।

समाजका वेथिति, अन्याय, अत्याचारसँग भिड्नुपर्छ भनेर जनयूद्धमा होमिएपनि नेताहरुले पद र शक्ती प्राप्तीमा नै केन्द्रित गरेको भन्दै उनले अस्थिरताको नेतृत्वकर्ता प्रचण्डहरुको इतिहास र जनताले मुल्याङकन गर्ने बताए ।

उनले आफ्नो बुद्धि विवेकले भ्याएसम्म पार्टीलाई जनता र राष्ट्रको पक्षमा लड्न आवश्यक साथ दिने समेत प्रतिबद्धता जनाए । अगुवा कार्यकर्ता भेलामा पूर्व एमालेका नेताजस्तै पूर्व माओवादीका नेताहरुले समेत प्रचण्ड नेपाल लाइनको चर्को आलोचना गरेका थिए ।

 

 

 

Leave a Reply