मौसम बद्लीसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणको दैनिक जीवनयापन कष्टकर बन्दै गैरहेको छ । सोमवार विहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । सोमबार यसबर्षको सबैभन्दा चिसो रहेको छ ।

चिसो बढ्दै गएपछि बेनीबजारका स्थानीयले सडकको गल्ली र चोकचोकमा आगो बालेर ताप्दै आइरहेका छन् । दिउँसोको समयको तुलनामा भन्दा बिहान र बेलुका चिसो अत्यधिक भएपछि सर्वसाधारणहरुले आगो बालेर तापेको बताएका छन् । म्याग्दी र कालीगण्डकी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीबजारमा क्रमशः चिसो बढ्दै जान थालेको छ ।

चिसो बढेसँगै म्याग्दीको ग्रामिण तथा हिमाली भेगको अवस्था पनि कठिनपूर्ण बनेको छ। ‘चिसो पनि अधिक नै छ,’डाँडाकाँडामा पातलो हिमपात भएको छ’ धवलागिरी गाउँपालिका–१ गुर्जाका केआईसिङ छन्त्यालले भने ।

उनका अनुसार पुस, माघ र फागुन महिना गाउँबाट आवतजावत गर्न समेत निकै समस्या हुन्छ । हिमपातले गूर्जा बस्ती सहित आसपासका क्षेत्र समेत छपक्कै छोप्ने गरेको छ ।  पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ

Leave a Reply