नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनसँगै म्याग्दीमा प्रचण्ड–नेपाल समूहले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणले तिब्रता दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तवरले संसद विघटन गर्ने कदमका विरुद्ध प्रचण्ड–नेपाल पक्षले सोमबार बेनी नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ ।

सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले जनयुद्ध, जनआन्दोलन, विभिन्न आन्दोलनको जगमा निर्माण भएको संविधानलाई नै चुनौति दिएर हुँदै नभएको अधिकारलाई टेकेर संसद विघटन गर्ने कार्यले संविधानमाथि नै धावा बोलेको बताउँदै जिल्लामा ओली पक्ष कमजोर हुने गरी कार्यक्रम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

‘पहुँच र शक्तीकै कारण केही साथीहरु उता देखिनुभएको छ,‘धेरै टिक्दैन, हामीसँगै सम्पर्कमा हुनुहुन्छ’ अध्यक्ष पौडेलले भने । उनले म्याग्दीमा ओली समुह देखाउन दाँत मात्रै भएको बताउँदै जनस्तरमा आफ्नो पक्षमा जनमत रहेको पुष्टी गरेर देखाउने दिन धेरै टाढा नभएको बताए ।

उनले स्थानीय तहमा रहेका नेकपाका नेता तथा कार्यकर्ताले खुलेर सर्मथन गरेको बताउँदै संगठनलाई बलियो र शक्तीशाली बनाउने गरी अगाडी बढ्ने थप योजना ल्याउने बताएब थिए ।सोही अवसरमा नेकपा गण्डकी प्रदेश कमिटी सदस्य मुना बानियाँ र जिल्ला कार्यालय सदस्य बालकृष्ण सुवेदीले ओलीको समर्थन गर्ने लोकतन्त्र विरोधी भएको बताएका थिए ।

‘सत्यको पक्षमा बोल्न नसक्ने नेता हुदैन्, नेतृत्व गर्न सक्दैन्,‘संसद पुर्नस्थापना भएपछि धेरैको हैसियत देखिन्छ’ नेताद्धयले भने । भेलामा जिल्ला सदस्य कृष्णकुमार विश्वकर्माले आफ्नो गुटकै अस्तित्व संकटमा परेका ओलीले धेरै नेताकार्यकर्तालाई अलपत्र पार्ने दावी गरेका थिए ।

नेकपा बेनी नगरपालिकाका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता भएको भेलामा जिल्ला सदस्य ज्योती लामिछानेको स्वागत मन्तव्य, नगर कमिटी कार्यालय सदस्य ज्ञानेन्द्र सुवेदीले संचालन गरेका थिए । प्रचण्ड–नेपाल समूहले मंगला, मालिका र धवलागिरि गाउँपलिकामा भेला तथा पशिक्षण सम्पन्न गरेको छ भने अन्य रघुगंगा र अन्नपूर्णमा समेत भेटघाटलाई तिब्रता दिएको छ ।

 

Leave a Reply