वेष्ट पोइन्ट कलेज बेनीमा गठित क्लव, ईन्फ़्लुएन्सियल ब्याचलर्स क्लव को  वर्ष २०२१ का लागी अध्यक्षमा सज्जन श्रेष्ठ चयन भएका छन् ।  सोमबार एक कार्यक्रमको बीच  नव नर्वाचित कार्यसमितिको सातौँ पदस्थापन कार्यक्रम र   पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको  हो   ।

नव गठित समितिको उपाध्यक्षमा आयुमी थापा, सचिव निरुता बुढाथोकी, कोषाध्यक्ष रिजन खत्री, सह सचिव बिशाल बोहरा सदस्यहरुमा सजनी थापा, फिओना पुन, इश्वोर सेन्चुरी र शिक्षक नायकमा जगदीश पन्थी रहेका छन् । बाकि सदस्य बिबिएस प्रथम वर्षका विद्यार्थिहरुबाट  चयन गरिने क्लवले जनाएको छ ।

वर्ष २०१९-०२० का अध्यक्ष दिनेशकुमार विश्वकर्मालाई संस्थापक अध्यक्ष दिलिप राम्जाली पुर्व अध्यक्ष किरण कार्की र कोसाध्यक्ष र विश्वकर्माले संयुक्त रुपमा मायाको चिनो प्रदान गरिएको थियो  भने  पदाधिकारी र सदस्यहरुलाई धन्यबाद सहित प्रमाणपत्र वितरण गरिएको थियो  । कार्यक्रममा प्रमुख अतिथि  वेस्ट पोइन्ट एजुकेसन फाउन्डेसन  म्याग्दी प्रालिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले क्लवले गरेका कार्यको प्रशंसा गर्नु भएको थियो  ।

क्लवले कलेज भित्र र बाहिर बिभिन्न सामाजिक खेलकुद शैक्षिक कार्यक्रम गर्ने गरेको र यसले निरन्तरता पाओस साथै कलेजले यस्ता कार्यक्रममा सधै सहजीकरण र आवस्यक सहयोग हुने बताउनु भएको  थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल डीबी दाहाल,  रामजी सुबेदीले र निरुता बुढाथोकीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रम दिनेशकुमार विश्वकर्माको अध्यक्षता, श्रीष्टि  पाइजाको संचालन , प्रवक्ता साजन परियारको स्वागतमा सम्पन्न भएको हो  ।कलेजमा बिबिएस तहमा अध्ययन गर्ने विद्यार्थीहरुको क्लव २०१५मा गठन भएको हो भने हरेक वर्ष क्लवले सम्बोधित्व नामक स्मारिका प्रकाशन गर्ने गरेको छ

Leave a Reply