(विनय श्रेष्ठ)
देशमा फेरि लोडसेडिङको पुनर्आगम नभएको छ । जब देशमा अन्धकार छाउँछ अनि नेपालीलाई कुलमान घिसिङ याद आउँछ । मानौं कुलमान आफै करेन्ट हुन, हाईड्रोपावर हुन, लोडसेडिङको सात्क्षात मृत्यु हुन्, काल हुन् ।यादन आवस् पनिकिन? उनको कार्यकालमा लोडसेडिङ उन्मुलन गरेर सारा नेपालीको मन जिते ।

सायद विश्व कै यस्ता एक मात्र कर्मचारी हुन् जस्को पदावधि पुरा भएपछि पनि जनताले पुन र्नियुक्तिका लागि आवाज उठाए, फेसबुक रंगाए, आन्दोलन चर्काए । दवावमाथिदवावसिर्जना गरे । यस्तो घटना संसारमाविरलै होला ।कुलमानमा त्रकिन पछिल्लो समय नेपालमा केही व्यक्तिहरू व्यक्तिगत कामले चर्चित मात्र होईन धेरै नेपालीको मनमा बस्न सफल भएकाछन् ।

रवि लामिछाने लाई उदाहरणको रुपमा लिन सकिन्छ । टिभीमा सिधा कुरा जनतासँग कार्यक्रम चलाएर नेपालीका मन जितेका रवि प्रहरी प्रशासनबाट पक्राउ परेपछि जनता यसरी आन्दोलित भए कि उनी पत्रकार वा टिभी कार्यक्रम प्रस्तोता होईनन् राज नेताहुन् ।

धुर्मुस–सुन्तली –सिताराम कट्टेल–कुञ्जना घिमिरे)लाई अर्को उदाहरणको रुपमा लिन सकिन्छ । मेरी बास्सै टेलिसिलियर बाट हास्यब्यङ्ग क्षेत्रमा चर्चित यो जोडि बहत्तर बैशाख बाह्रको भुकम्प पछि हसाउन छोडेर भुकम्प पडितको आशु पुछ्न तिर लागे । पिडितलाई इकि मृत बस्ती निर्माण मार्फत पुनर्बास दिलाउन घर सम्पत्ति समेत बेचे ।

हाल यो जोडी सरकारले गर्न नसकेको जन सहयोग र सहभागिता मा बुद्द अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त छन् । कुलमान, रवि र धुर्मुस(सुन्तली त केही उदाहरण मात्र हुन् । यस्ता व्यक्तिहरूको चर्चा गरिरहदा महावीर पुनको नाम उल्लेख गरिएन भने अन्याय हुनेछ ।

म्यागेसेसे पुरस्कार विजेता डा. महावीर पुन सरकार बिना आविस्कार केन्द्र सञ्चालन गरि चर्चा कै शिखरमा छन् । वाक शक्तिका धनी रमेश प्रसाईं, स्पष्ट वक्ता ज्ञानेन्द्र शाहि लगायतका केही व्यक्तिहरु पनि यस्तै मार्ग पछ्याईरहेका जस्ता देखिन्छन् ।

माथि उल्लेखित व्यक्तिहरूको असल कामले होला धेरै नेपालीहरूले साथ र समर्थन गर्दै आईरहेका छन् । यहाँसम्म कि भावि प्रधानमन्त्री, भावि मन्त्री भन्दै फेसबुकका भित्ता रंगाउछन् । सम्मान र तारिफमा शब्द खर्चिन्छन् । यहाँसम्म कि सतहत्तर जिल्लाको जुनसुकै निर्वाचन क्षेत्रबाट अत्याधिक मतले विजयी हुने ठोकुवा गर्दछन् ।

आफु संलग्न क्षेत्रमा सफल हुनु र निर्वाचन लड्नु फरक कुरा हो भनी हरेक नेपालीले बुझ्न जरुरी छ । पार्टी प्रणालीको लोकतन्त्रमा व्यत्ति mगौण हुन्छ ।

अहिलेका नेतागण के युवा अवस्थामा चर्चित थिएनन् ? के जनताको नेपालीको मनमा बसेका थिएनन् ? जेलनेल भोगेका होईनन् ?आन्दोलन र युद्ध गरेका होईनन् ? तर अहिले हेर्नुस् त ! पटक पटक निर्वाचित भएर सत्ताको बागडोर सम्हाल्दा पनि किन आफ्नो आश्वासन पूरा गर्न सकेका छैनन् ?किन जनता माझ न झन वितृष्णा थपिरहेका ेछ ?

त्यसैले कुलमान, रवि, महावीर अनिधुर्मुस–सुन्तलीले जुन काम गरिरहेका छन् त्यहि काममा रमाउन दिनुस् । रमेश पोखरेल र ज्ञानेन्द्र शाहिलाई मज्जाले बोल्न प्रोत्साह नगर्नुस् । उनीहरुबाट देशले त्यही क्षेत्रमा थप योगदानको अपेक्षा गरेको छ ।

उनीहरूलाई जवर्जस्ति राजनीति जस्तो फोहोरी खेलमा नघसार्नु होला । यस्तो गल्ती भयो भने यी नायकहरू खलनायकमा परिणत हुनेछन् ।चुनाव जित्न मतपत्र च्यातिनेछ, बुथ क्याप्चर गरिनेछ ।मत गणना स्थगित गरिनेछ । पासपोर्ट काट्ने युवाको लाईन हुनेछ ।

विदेशीने युवाले पसिनाचुहाउनेछन् भने स्वदेशमा बस्ने युवाले रगत ।बाहिर “सुखीनेपाल–सम्बृद्ध नेपाल”को नारा घोकाएर आफ ुभने उखानटुक्का कण्ठ गर्नमा व्यस्त रहनेछन् ।घाँटी जोडिएका नेताहरुलाई सत्तोसराप गर्नु पर्नेछ ।

सत्ता र भत्ताको खेलमा सांसद खरिद बिक्री हुनेछ । गुट र उपगुटको दलदलमा फस्न ेछन् । काण्डैकाण्ड र सम्झौताको चाँग लाग्ने छ ।निर्मलाको न्यायको लागि बोल्ने बोल्ती बन्द हुनेछ । आफ्नो पसिनाको मोल माग्ने उखु किसानहरुलाई दलाल भन्नु पर्नेछ । “र” का एजेण्ट कहलिन ेछन् । भष्ट्रचारको कालो दाग लाग्नेछ । नाताबाद र कृपाबादमा लिप्त हुन ेछन् । विदेशी दलाल बन्नेछन् ।

भागबण्डाको लागि स्वाभिमान बेचेछन् । भोट पाउन चुच्चे नक्सा देखाउन ेछन् । स्वास्र्थ पुरा गर्न जनताको रगत पसनिाले निर्माण भएको संविधान कल्चने छन् । ईतिहासमा कलङ्कित बन्नेछन् । नेपालीको मनबाट यीनिहरूको तस्बिर सदाको लागि मेटिनेछ । प्रतिगामी तत्वले, देशीविदेशी शक्तिले फेरि घृणाको पात्रमा परिणत गर्नेछन् ।र यो पुस्ताले जयजयकार गरेका यी व्यक्तिहरूलाई अर्को पुस्ताले सडकमा आई यस्ता नारा लगाउन बाध्यहुने छन्–“कुलमान मुर्दाबाद ।“