हिमाल पारिको जिल्ला मुस्ताङमा यो वर्षको पहिलो हिमपात भएको छ।उपल्लो मुस्ताङका लोमानथाङ गाउँपालिका र लो घेकर गाउँपालिकामा हिउँ परेको जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरूङले जानकारी दिए।

वर्षा र हिमपातले कृषकमा भने खुशीयाली छाएको छ। यो वर्ष मुस्ताङमा पहिलो पटक हिउँ परेको हो। वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने भएकाले किसान खुसी हुने भिटोफ मुस्ताङका अध्यक्ष निरज थकालीले जानकारी दिए।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन्। स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्ने हुन्छ। हिमपातसँगै स्याउ, जौँ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ। setopati

 

 

 

 

 

Leave a Reply