म्याग्दीको मंगला गाउँपालिका-५,अर्मन टिकवाङका भिमबहादुर विक बेपत्ता ३८ बर्षिय भिम बहादुर बिकको शब बेपत्ता भएको तीनसातापछि कालिगण्डकी नदीको किनारामा फेला परेको छ। डोजरका मालिकसँग लेनदेनका लागि गत मंसिर महिनाको ३० गते बागलुङ गएका चालक विक सम्पर्कबिहिन भएपछि खोजीकार्यका लागि परिवारले अपिल गरेका छन् ।

खोजीकार्यको क्रममा सोमबार शब मालढुंगाको सहस्रधाराको पारी क्षतविक्षत अवस्थामा भेटिएको बेपत्ता बिकका आफन्त मंगला गाउँकार्यपालिका सदस्य रत्न विश्वकर्माले बताए । बेपत्ता चालकका आफन्तले डोजरका मालिककै कारण मृत्यु भएको भन्दै छानविनको माग गरेका छन् ।

बागलुङमा डोजरका मालिकालाई भेटेर फर्किएपछि पर्वतको खनियाँघाटबाट कालिगण्डकी नदीमा हाम फालेको अपुष्ट जानकारी आएपनि खोजीकार्यको क्रममा झोला मात्रै भेटिएको थियो ।‘घटना रहस्यमय छ,‘डोजरको मालिकलाई अनुसन्धान गर्न माग गरेका छौ’ विश्वकर्माले भने ।

यसअगाडी घटनाको निस्पक्ष अनुसन्धान, बेपत्ताको खोजीकार्यका लागि मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, वडा अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री सहितको टोली घटनास्थलमा समेत पुगेर खोजीकार्यका लागि निवेदन समेत दिएको थियो। नियोजित घटना घटाइएको मृतक विकको परिवारले दावी गरेका छन् ।बेपत्ता चालकको ३ छोरा १ छोरी छन्।

Leave a Reply