महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रासका कारण बन्द भएको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्ड आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । प्राकृतिक उपचारस्थल मानिएको कुण्डमा जनस्वास्थ्यको मापदण्डको प्रयोग गरी नियमित खोल्ने निर्णय भएको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।

गतबर्षको चैत्र महिनादेखि बन्द भएको कुण्डको पोखरी लगायतका संरचनाको मर्मत तथा परीक्षण भइरहेको समितिका सह–सचिव कुमार केसीले बताए । ‘जनस्वास्थ्यका मापदण्डको अनिवार्य प्रयोग गरेर मात्रै स्नानको ब्यवस्था मिलाइएको छ,‘स्थानीय बाहेकले माघ महिनापछि नियमित स्नान गर्न पाउनुहुनेछ’ उनले भने ।

कुण्डमा स्नान गर्ने विरामीलाई समयतालिका निर्धारण गरिने, अनिवार्य मास्कको प्रयोग गर्ने, कोरोनासँग मिल्ने लक्षण भएकालाई कुण्डमा स्नान गर्न नदिइने, बाहिर सेनिटाईजरको प्रयोग तथा स्नान गर्ने समय समेत छोटो बनाउने गरी तयारी भइरहेको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।

विदेशका ठूला तथा महंगो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर बर्षेनी ३० हजारभन्दा बढी बिरामी स्नानका लागि आउने गरेका छन् । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ ।

जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातातोपानीले नेपालभरीका विभिन्न रोगका बिरामीलाई आर्कषित गरेको छ । गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नानगर्दा एक व्यक्तिमाभएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने भएपनि कोरोनाको जोखिमले मास्क अनिवार्य गरिएको छ ।

कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै छ । कोरोनाका कारण धवलागिरी गाउँपालिकाको गुर्जा र मुदीमा रहेका २ वटा तातोपानी कुण्ड, रघुगंगा गाउँपालिकाको दर्मिजामा रहेको तातोपानी कुण्ड र अन्नपूर्ण गाउँपालिकामा रहेका ३ वटा तातोपानी कुण्ड छन् । file photo

Leave a Reply