नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले माधवकुमार नेपाल पार्टी छोडेर प्रचण्डसँग पोइल गएको बताएका छन् । नेकपालाई विभाजन र तहसनहस बनाउन प्रचण्ड जस्तै नेपालको समेत भूमिका रहेकाको नेता बस्तेतले दावी गरे।

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले बुधबार सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले प्रधानमन्त्री, पार्टी अध्यक्ष र राष्ट्रपतिको सपना तीन नेताले नेकपा विभाजन गरेको बताए।

उनले नेकपा विभाजन नभई एकता प्रक्रिया बिच बाटोमौ टुंगिएकाले सूर्य चिन्ह,जबज, मदन भण्डारी र देशभरका पार्टी कार्यालयमा प्रचण्ड –माधव नेपाल समूहलाई प्रवेश गर्न नदिने बताए । ‘अब पार्टी एक हुदैन्, दुविधानमा नपर्नुहोस्, उहाँहरूले गठबन्धन बनाएर आएपनि हामी एक्लै चुनाव भिड्छौ’ नेता बस्नेले भने ।

उनले प्रचण्ड –माधव समुहले चुनाबबाट जनतमत नपाउने त्रासले ताजा जनादेशको विरोध गरेको बताए। ‘पूर्व माओवादीले सूर्य चिन्हको दावी गरेको देख्दा जग हाँसेको छ,‘अर्काको सम्पत्तीमा आँखा लगाउँदैमा पाइदैन’ उनले भने।

उनता बस्नेतले सूर्य चिन्ह दाबी गर्ने नैतिकता नभएको बताउँदै विगतमा प्रचण्डले आफू र छोरीलाई चुनाव जिताउन सूर्य चिन्ह च्यात्ने, टोेक्ने जस्ता गतिविधि गरेको हुँदा त्यस्तो व्यक्तिलाई सूर्य चिन्ह दाबी गर्ने नैतिकता नरहेको जिकिर गरे ।

उनले अब प्रधानमन्त्री ओलीको नेतृत्वमा पूर्व माओवादीको ठूलो समुहले साथ दिइरहेकाले चुनावमा सहभागि हुन नेपाली कांग्रेसलाई समेत अपिल गरेका छन् । सरकारले नयाँ जनादेशको लागि चुनाव घोषणा गरेको र अब चुनाव हुनेमा कुनै दुविधा नरहेको बताउँदै निर्वाचनको तयारीमा होमिन समेत अपिल गरेका छन् ।

उनले निर्वाचनदेखि भाग्ने र सजिलै पद खोज्ने प्रवृत्ति रहेका प्रचण्ड र नेपाल समुहले जनतालाई उल्लु बनाउने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको समेत आरोप लगाएका छन् ।

नेता बस्नेतले प्रचण्डलाई भ्रष्टाचारी र अपराधीको संज्ञा दिँदै नेता बस्नेतले संवैधानिक निकायका नियुक्तीबाट त्रसिएको बताए । यूवा संघ नेपालको भेलालाई सम्बोधन गर्न म्याग्दी आएका बस्नेतले म्याग्दीमा देखेको यूवाको भेलाबाट उत्साहित भएको बताए ।

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापा, केन्द्रिय सदस्य नवराज शर्मा, केस एवम् जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, युवा संघका केन्द्रीय नेता सन्तोष रावल, यूवा संघ साविकको धौलागिरी प्रमुख नारायण जिसी, युवा संघका जिल्ला अध्यक्ष प्रवीण शाहीको अध्यक्षता, नगर संयोजक लक्ष्मण कटुवाल लगायतको उपस्थिती रहेको थियो ।पत्रकार सम्मेलनको सञ्चालन यूवा संघका नेता शिशिर शाहीले गरेका थिए ।

Leave a Reply