नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले वडा इकाई समितिको पदपूर्ति समिति पुनर्गठन तथा संगठन बिस्तार र संगठन सुदृढीकरणको अभियानलाई तिब्रता दिएको छ । बुधबार जिल्लाको रघुगंगा गाउँपालिका–६, पाखापानीमा प्रेम बहादुर चोचाङ्गीको अध्यक्षतामा ४९ सदस्यी तरुण दल वडा कमिटि गठन गरिएको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा ताराप्रसाद छन्त्याल, उपाध्यक्ष प्रविण छन्त्याल, सचिवमा अशोक शेरपुञ्जा,सहसचिव देबेन्द्र शेरपुजा, कोषाध्यक्ष सरु छन्त्याल रहेका छन् ।  भेला तथा संगठन विस्तार अभियानका प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले यूवाहरूलाई सीप र शक्ती दिने गरी पार्टी अगाडी बढ्ने बताएका थिए ।

‘तपाईहरू गाउँमा आवश्यक गतिविधिमा आफ्नो अभियान थाल्नुहोस्, ब्यक्तिगत र पार्टीले सकेको सबै सहयोग गर्छ’ सभापति गर्बुजाले भने ।  सोही अवसरमा संविधान सभा सदस्य रेशम बानियाँले कम्यूनिष्ट सरकारको गतिविधिले यूवालाई निराश बनाएको बताउँदै प्रतिनिधिसभा विघटनको बिरुद्धमा एकजुट हुन अपिल गरेका थिए ।

रघुगंगा गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले यूवालाई उत्पादनमुखी र रचनात्मक कार्यमा सक्रिय गराउने गरी गाउँपालिकाले विभिन्न कार्यक्रमहरुमार्फत गाउँमै आउने बताए कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, पार्टी जिल्ला उपसभापति माधवप्रसाद रेग्मी, प्रबक्त अजयमिलन श्रेष्ठ, सहसचिव भरत रकाल, जिल्ला सदस्य केवी भण्डारी, मनकुमारी विक, झिँ वडा अध्यक्ष मनबहादुर शेरपुजा, महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, सचिव सिर्जना श्रेष्ठ, तरुण दल क्षेत्र नं क संयोजक असल केसी, तरुण दल रघुगंगा संयोजक प्रदिप पाईजा लगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष एवम् तरुण दल जिल्ला सहसचिव मनकुमार शेरपुजा र स्वागत वडा सदस्य प्रेमकुमारी पुनले गरेकी थिईन् । तरुण दलले रघुगंगाका सबै ८ वटै वडामा संगठन विस्तार सहितको अभियान सञ्चालन गरेको छ ।

Leave a Reply