बेनी नगरपालिका ले गरेको भनिने बेनी वजार (बेनपा ७-८)का सुकिलाहरुले उत्सर्जन गरेको फोहोर को बिषयमा मैले बेनी नगरपालिका को गठन संगै देखि चासो राख्दै आईरहेको छु। तत्कालिन अवस्थामा सर्वदलिय संयन्त्र निर्णायक रहेको वेला गैसस महासंघ म्याग्दी को अध्यक्षको हैसियतमा वैठकमा सहभागी भएर साझेदारीमा फोहोर ब्यबस्थापन अवधारणा पेश गरेको थिएँ।

केही अघि वढ्दै थियो कार्यकारी को पटक-पटक को सरुवा र स्थानीय तहको निर्वाचन ले त्यसै तुहियो। स्थानिय तहको निर्वाचन पश्चात जिम्मेवार नागरिकको हैसियतमा पटक पटक यसवारे अनौपचारीक ध्यानाकर्षण गराईराखेको छु।

बेनी बजार भित्रबाट निस्कने पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहोर लाई उठाएर त्यस वापत स्थानीय नागरिक र ब्यवसायी संग रकम असुलेर बजारको केही पर कालिगण्डकी नदी को तिर बेनी नगरपालिका वडा नं. ६ को भुगोलमा लगेर अव्यवस्थित डम्पिङ गर्ने गरेको कार्यलाई नै बेनी नगरपालिका ले फोहोर ब्यबस्थापन गरेको भन्ने गरेको छ।

फोहोर उत्सर्जन कम गराउन, घरबाट निस्कने फोहोर लाई बर्गिकरण गरी पुनः प्रयोग हुन सक्नेलाई करेसाबारीमा प्रयोग गर्ने देखी कवाडीमा विक्री गर्न र पुनः प्रयोग हुन नसक्नेलाई उचित व्यवस्थापन गर्ने कार्यमा नागरिक लाई साथ लिन सक्नुपर्नेमा एकठाऊको फोहोर अर्को ठाउँमा लगेर फाल्ने मात्र कार्य गरेको हुदा यो फोहोर ब्यबस्थापन होईन फोहोर बेवास्ता पन हो ।

बेनी नगरपालिकाले बेनी बजार को फोहोर जहाँ लगेर फोहोर फाल्ने गरेको छ यो कुनैपनी कोणवाट उचित छैन। कालिगण्डकी को तिर, गलेश्वर शिवालय धार्मिक क्षेत्र को नजिक बेनी जोमसोम मुख्य सडक छेउमा पर्वत जिल्लाको तटिय वस्ति नजिक बेनपा ६ को भुगोलमा फाल्ने गरिएको छ यो स्थान लाई बेनपा ७ र ८ ले माछा त मिठा कांडा तिता भनेजस्तै गरी उपयोग गरेको छ।

बेनी नगरपालिकाको गठन संगै भएको वडा बिभाजन, संघियताको कार्यान्वयन संगै गरिएको पुन: वडा बिभाजन मा बेनी ले फिडर एरियाको वस्तिलाई नजर अन्दाज गरेको हो, त्यसको मतियार वनेका हुन राजनीतिक दल र तत्कालीन जिल्ला विकास।

बेनी जहिले श्रोत र अवसरको प्रयोग को केन्द्र विन्दु आफैलाई बनाएको छ चाहे निकायको वेला चाहे हाल। मैले पटक पटक वडा विभाजन मा भएको वेइमानी, अपारदर्शिता र लाचारी लाई उठाईरहेकै छु, बजारले फिडर एरिया लाई सहयोग र सहकार्य गर्नुपर्नेमा सधै शत्रुवत ब्यवहार गरिनै रहयो एसका उदाहरणका फेहरिस्त पेश गर्न सकिन्छ।

एक दुई उदाहरण प्रस्तुत गर्नुपर्दा यो खाल्डोका स्थानिय भनिनेहरुले अन्यलाई गर्ने सामाजीक व्यवहार, रेडियो म्याग्दी ले गरेको महोत्सव आदि लाई लिन सकिन्छ। यसैको अर्को उदाहरण वन्न पुगेको छ बेनी बजार को फोहोर फाल्ने स्थल। बेनी बजार को फोहोर नगरपालिका ले जहाँ फाल्ने गरेको छ त्यो भुगोल बेनपा छ को हो।

यो स्थल फोहोर ब्यवस्थापन गर्नै नमिल्ने स्थल हो तथापी उपयुक्त स्थलको ब्यवस्थापन नहुँदा सम्म वैकल्पिक स्थलको रूपमा बेनिलाई त्यो चाहिन्थ्यो भने वडा बिभाजन गर्दा ध्यान पुर्याउनुपर्थ्यो अवैज्ञानिक तवरले ६नं. वडा को भुगोल लम्पट जस्तो वनाउन हुनेथिएन होईन भने त्यो स्थलमा फोहोर ब्यवस्थापन गरेवापत बेनपा ६ लाई रोयल्टी श्रोत उपलब्ध गराई ६ नं. वडाले त्यो श्रोत सरसफाई का क्षेत्रमा उपयोग गर्न सक्नुपर्थ्यो। यो दुवै काम हुन सकेको छैनर यसमा ६ नं. वडा समिति मुकदर्शक बनेको छ जुन रहस्यमय लाग्छ।

यदि ६ नं. वडाले उठाएको आवाज बेनी नगरपालिका ले सुनेन भने जनताको साथ लिन किन सकेन बेनपा ६ ले? त्यसैले, सवै भन्दा पहिले अदालतले समेत नफाल्न आदेश गरेको उक्त स्थानमा फोहोर फाल्न वन्द गर्नुपर्छ, कहिं त फाल्नुपर्यो बिकल्प बिहिन हो भने उचित मापदण्ड अपनाएर व्यवस्थापन गर्नुपर्छ र भुगोलको उचित रोयल्टी बेनपा ६ र प्रभावितलाई बेनपाले उपलब्ध गराउनुपर्छ यसका लागी सवैभन्दा धेरै जनमत प्रप्त वडा समिति जिम्मेवार हुनुपर्छ सकिएन भने नागरिकको साथ लिन सक्नुपर्छ। फोहोर ब्यवस्थापन मा खवरदारी र आवश्यक साझेदारी निरन्तर रहने छ, आशा छ एकदिन सफल हुन्छ।

Leave a Reply