नमस्ते बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बेनी म्याग्दी र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ बीच संस्था एकिकरण भएको छ ।

नमस्ते बहुउदेश्यीय सहकारी संस्थाको १३ औ साधारण सभाको अवसरमा एक कार्यक्रमको आयोजना गरी दुई संस्था बिच एकिकरण गरिएको हो । एकिकरण पश्चात बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले बेनीमा आफ्नो सेवा प्रदान गर्ने भएको छ । कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य नवराज पौडेलले गरेका थिए ।

उद्घाटनमा बोल्दै उनले सहकारीको ब्यवस्थापन र प्रवर्द्धनका लागि एकिकरण आवश्यक रहेको बताए । उनले सहकारीका मुल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै साझा उदेश्यका साथ अगाडी बढ्न सकेमात्र सहकारीको शाख र गरिमालाई उचाईमा पुर्याउन सकिनेमा जोड दिए ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले सहकारी हुने खानेको मात्र नभई हुदा खानेको बनाउनुपर्ने बताए । उनले हुने खानेको रकम हुँदा खानेसम्म पुर्याउनुपर्ने चर्चा गर्दै गरिबी निवारणका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नमस्ते बहुउदेश्यीय सहकारी संस्थाका निवर्तमान अध्यक्ष धनञ्जय कुमार श्रेष्ठ, पुर्ब अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष सन्तोष रावल, संस्थाका सदस्य कृष्ण बहादुर थापा, लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

दुई सहकारी बिच एकिकरण पश्चात शेयर सदस्यको संख्या १२ हजार ९ सय ६४ जना भएको सिवाईसी सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले जानकारी दिए । एकिरण पश्चात संस्थाको कुल सम्पत्ति १ सय ८० करोड पुगेको छ । नमस्ते बहुउदेश्य सहकारीको एकिरण सहित हाल सम्म २ औ एकिकरण गरिएको शर्माले जानकारी दिए । हाल सम्म सहकारीको कुल शेयर रकम २३ करोड रहेको बताईएको छ ।
बागलुङका सबै स्थानिय तह सहित ११ वटा सेवा केन्द्र बाट सेवा प्रवाह भईरहेको र बाकी ७ केन्द्र छिटै थप गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए ।

कार्यक्रममा प्रगति प्रतिवेदन सचिव मदन सुवेदी आर्थिक प्रतिबेदन कोषाध्यक्ष माधव आचार्यले प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष राम प्रसाद सुबेदीको अध्यक्षता, उपाध्यक्ष प्रकाश पौडेलको स्वागत मन्तब्य र सचिव मदन सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।
नमस्ते बहुउद्देश्यीय सहकारी संस्था लि. सँगको एकिकरण पश्चात बेनी बजारमा सिवाईसी साकोसको बेनी सदस्य सेवा केन्द्र स्थापना गरी स्थानीय स्तरमा सेवा प्रवाह गर्ने भएको छ ।

Leave a Reply