बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–३ घर भइ हाल नर्बेमा रहनुभएकी गंगा लामगाडे (दिपिया)ले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गर्नुभएको हो ।

बालगृहमा रहेका १२ जना बालबालिकाहरुलाई उहाँले करिब रु १० हजार बराबरको ज्याकेट, स्वइटर, पाइन्ट लगायतका कपडा सहयोग गर्नुभएको हो ।नेपाल बाल संगठनका सभापती राजेश शाक्यको उपस्थितिमा सहयोगदाता लामगाडेकी बहिनी गरीमा सुनारले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

????????????????????????????????????

चिसो याममा बालबालिकाहरुलाई न्यानो होस भन्ने उदेश्यले आफ्नो जन्मदिनको अवसरमा कपडा सहयोग गरेको सहयोगदाता लामगाडेले बताउनुभयो । न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै सभापती शाक्यले जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरि रचनात्मक कार्य गरेकोमा सहयोगदाता लामगाडेलाई आभार प्रकट गर्नुभयो ।

उहाँले सबै क्षेत्रबाट हुने रचनात्मक साथ र सहयोगकै कारण बालगृहको ब्यवस्थापन र सञ्चालनमा सहयोग पुगेको बताउँदै गृहको क्षमता बढाउनको लागि समितिले आबश्यक पहल गरेको जानकारी दिनुभयो ।

Leave a Reply