गत बर्षको चैत्र ११ गते मृगौला प्रत्यारोपणको तयारीमा रहेकी निशा सुबेदीको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि अन्तिम समयमा आएर रोकियो ।

मृगौला प्रत्यारोपणका लागि चिकित्सकले मिति दिइएको दिनमै सरकारले लकडाउन गरेपछि नियमित डायलासिस सेवा लिएर प्रत्यारोपणको मिति कुरेर बसिन् ।

कोराना भाइरसको जोखिमसँगै सुबेदीले नियमित उपचारमा भोगेको सास्ती बयान गरिसाध्य छैन् । नियमित डायसासिस सेवासँगै कोठा भाडा, खाना खर्चमै उनले एकबर्षसम्म धेरै खर्च गर्नुपर्यो ।

काठमाण्डौमा सम्बन्धले नजिक तर दुस्मन जस्ता केही आफन्तको आमुन्नेसामुन्ने भएपनि पीडा लुकाएर संघर्ष गरेकी सुबेदीले ९ महिनापछि दोस्रोपटक प्रत्यारोपणका लागि चिकित्सकले मिति दिएपनि उत्साहित हुन सकेकी छैनन् ।

आमा फुलकुमारी सुबेदीको मृगौला म्याच भएपछि पहिलो चरणमा गरिएको सम्पूर्ण मेडिकल परीक्षणको रिर्पोटले काम नगरेपछि दोस्रोपटकको रिर्पोटले प्रत्यारोपण गर्न मिल्ने चिकित्सकले बताएसँगै केही खर्च अपुग भएपछि सहयोगको याचना गरेकी छन् ।

‘प्रत्यारोपणसँगै औषधी खर्चका लागि करिब ४ लाख आवश्यक छ,‘कोरोनाका कारण प्रत्यारोपण नहुदाँ जुटाएको सहयोग खर्च भयो’ उनले भनिन् ।

टिचिङ शिक्षण काठमाण्डौले प्रत्यारोपणका लागी आवश्यक तयारी गर्न अनुरोध गरेपछि थप सहयोगको खोजीमा रहेको बताईन् । ‘आमाले ९ महिना कोखमा राख्नुभयो,‘आफ्नै एक मृगौला झिकेर दिदै हुनुहुन्छ’ सुबेदीले भनिन् ।

उनले प्रत्यारोपणका लागि गतबर्ष गरेको रिर्पोटले काम नगरेपछि आमाको समेत दोस्रो पटक परीक्षण गरिएकाले सरकारी खर्च बाहेक अन्य बाहिरी खर्चमा समते संकलित आर्थिक सकिएको बताईन् । बेनी अस्पतालबाट २०७६ साल सिाउन २ गते रिफर गरिएको सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि काठमाण्डौ पठाइएको थियो ।

मृगौला पीडित सुबेदीले छोराको न्वारन समेत अस्पतालमै गरेको आमा फुलकुमारीले बताईन् । ‘छोरीको उपचारका लागि थप सहयोगको आवश्यकता छ,अहिलेसम्म धेरैले सहयोग गरिदिएर छोरीलाई बचाउन सफल भए’ फुलकुमारीले उनले भनिन् ।

सरकारले मृगौलाको डाइलोसिस निःशुल्क गर्ने व्यवस्था मिलाएपनि एक–पटक डाइलोसिस गर्नको लागि ५ देखि ७ हजार रुपैया औषधीको लागि खर्च हुने गरेको छ । पीडित सुबेदीलाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहयोग गरेको छ ।

थप सहयोग र जानकारीका लागि

सहयोगका लागि बैंक खाता : (Nisha subedi-4807010002908- Global ime)
फोन नं:  निशा सुबेदी- 9847772053
सन्तोष पौडेल-9847650637
नेत्रराज सुबेदी- 9857652057

Leave a Reply