बेनीबजारमा प्रतिदिन छाडा कुकुरको संख्या बढ्दै जान थालेपछि बन्ध्याकरण शिविरमार्फत नियन्त्रण गर्न थालिएको छ। भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा शनिबारदेखि सुरु भएको दुईदिने शिविरको पहिलो दिन ३४ छाडा÷सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका प्राविधिक सुवास आचार्यले जानकारी दिए ।

‘कुकुरको संख्या बढ्न नदिन स्थायी बन्ध्याकरण शिविर राखिएको छ,‘बजार क्षेत्रमा कुकुर ब्यवस्थापनमा सहज हुन्छ’ रेग्मीले भने । कुकुर आतङ्क नियन्त्रणका लागि भाले कुकुरलाई भ्यासेक्टोमी र पोथी कुकुरलाई मिनिल्याप गराएको केन्द्रले जनाएको छ।

छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिज विरुद्धको सुई लगाइएको केन्द्रि रिफरल पुश चिकित्सालय त्रिपुरेश्वरका पशु चिकित्सक खीतबहादुर श्रेष्ठले बताए ।

मुख्य बजार क्षेत्रका छाडा कुकुरलाई नियन्त्रणमा लिएर सुरक्षितसाथ बन्ध्याकरण गरिएको छ भने घरधनीले समेत शिविरमै लैजाने गरेका छन् । काठमाण्डौबाट एम्वुलेसहित ९ जनाको प्राविधक टोली आएको छ । बेनीबजारमा करिब डेड सयको हाराहारीमा छाडा कुकुर रहेको अनुमान गरिएको छ ।

Leave a Reply