नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधि सभा विघटनको विरोधमा सदरमुकाम बेनी र पश्चिम म्याग्दीको दरबाङमा पूर्व घोषित विरोधका कार्यक्रमहरु गरेको छ । नेपाली कांग्रेसले प्रदेश सभा ‘क’ को सदरमुकाम बेनीमा -याली सहित कोण सभा गरेको छ, भने ‘ख’ मा मालिका गाउँपालिकाको केन्द्र दरबाङमा विरोध कार्यक्रम सहित सभा गरेको हो ।

सदरमुकाम बेनीबजारमा आयोजित कोणसभामा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ सहित बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो भने प्रदेश सभा ‘ख’ मा पार्टी सभापति खमबहादुर गर्बुजा सहित मंगला, मालिका र धवलागिरी गाउँपालिकाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेसले अन्य दलसँग सहकार्य नगरी एक्लै असंबैधानिक भन्दै सरकारविरुद्ध नारा बाजी र जुलुस गर्दै आएको छ । म्याग्दीमा नेकपाका प्रचण्ड र माधव नेपाल समूहले समेत विभिन्न विरोधका कार्यक्रमहरु गर्ने गरेको छ ।

Leave a Reply