डा.तरुण पौडेल चिकित्सा कोषबाट म्याग्दीकी एक स्वास्थ्यकर्मी सहित तीन पुरस्कृत हुने भएका छन् । लामो समय स्वास्थ्य सेवामा समर्पित डा.पौडेलले स्थापना गर्नुभएको कोषबाट नर्सिङ तर्फ बेनी अस्पतालमा कार्यरत मनदेवी गौतमलाई पुरस्कृत गर्ने कोषले जनाएको छ ।

अस्पतलामा कार्यरत गौतमले जटिल अवस्थामा बिरामीको सेवा गरेवापत सम्मान गरिएको हो भने मेडिकल तर्फ धौलागिरी अस्पताल बागलुङमा पूर्व कार्यरत प्रदिप श्रेष्ठ, र प्यारामेडिकल तर्फ धौलागिरी अस्पताल बागलुङमा कार्यरत रेडियोग्राफर खड्कबिर थापालाई पुरस्कृत गर्ने जनाइएको छ ।

डा.तरुण पौडेल चिकित्सा पुरस्कार सम्मान भने धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केवी रानालाई प्रदान गरिने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।

पुरस्कृत तीनै जनालाई आगामी माघ महिनाको अन्तिम साता नगद १५ र१५ हजार रुपैयाँ सहित पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम छ । धौलागिरी अस्पतालमा समेत लामो समय प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.तरुण पौडेलले २०७० सालमा यो कोषको स्थापना गर्नुभएको थियो । कोषबाट हरेक वर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आएको छ ।

Leave a Reply