बेनी नगरपालिका-४,डाँडाखेतस्थित बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । बेनपा–४ घरभई हाल प्रवासमा रहेका कृष्ण घर्तीले आफ्नी श्रीमति रिना घर्तीको जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत अति विपन्न २५ जना विद्यार्थीलाई सुइटर वितरण गरेको विद्यालयले जनाएको छ ।

विद्यालयको ६१ औं बार्षिकउत्वसको अवसरमा आयोजित कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष सुमन बानियाँ, प्रधानाध्यापक रामप्रसाद पौडेल लगायतको उपस्थिीतमा न्यानो कपडा हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बिब्यस अध्यक्ष बानियाँले विपन्नताकै कारण जाडोयाममा आवश्यक न्यानो कपडा किन्न नसक्ने अवस्थाका विद्यार्थीलाई सहयोग गरेकोमा सहयोगदातालाई धन्यवाद दिएका थिए।

जन्मदिनमा रचनात्मक कार्यले समाजमा समेत सकात्मक सन्देश प्रवाह हुने भएकाले विद्यालयको शैक्षिक गतिविधिमा थप सहयोग गर्न समेत अध्यक्ष बानियाँले अनुरोध गरेका थिए । आगलागीबाट ध्वस्त भएको विद्यालयको भौतिक संरचनाहरु तयार भएसँगै शैक्षिक गतिविधिमा केन्द्रित हुने जनाएको छ ।।

Leave a Reply