मुलुकमा थप ४ सय ८८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ९२ र पुरुषको संख्या २ सय ९६ छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८८ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ ।

काठमाडौं उपत्यकामा ३ सय १४ संक्रमित थपिए

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय १४ जना संक्रमित फेला परेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ सय २९ जना महिला र १ सय ८५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २३ हजार ५ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय २७ निको भए, १० संक्रमितको मृत्यु

यसैगरी कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय २७ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय २७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ३ सय ७३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय ९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १९ लाख ८७ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण भएको छ ।

Leave a Reply