राष्ट्रिय जागरण युवा सञ्जाल म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा राष्ट्रिय जनजागरण अभियान सम्पन्न भएको छ । ‘चन्द्र सूर्य अङ्कित झण्डामूनि गोलबद्ध होऔं, संवैधानिक राजसंस्थासहितको हिन्दुराज्य कायम गरौं भन्ने मूल नारामा बेनीमा शक्ति प्रदर्शनसहित अभियान सञ्चालन गरिएको हो ।

नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पुनसर््थापनाको मागसहित शक्ति प्रदर्शन गरिएको राष्ट्रिय जागरण युवा सञ्जाल म्याग्दीले जनाएको छ । तत्कालीन बाईसे–चौबीसे राज्यमा विभाजित नेपालको एकीकरण गरेका स्व. पृथ्वीनाराण शाहको सम्झनामा उनको जन्मजयन्तीको अवसर पारेर कार्यक्रम गरिएको हो । कार्यक्रममा बेनीमा मोटरसाईकल ¥यालीसहित बजारको परिक्रमा तथा कोणसभा गरिएको थियो ।

बेनीको खुल्ला मञ्चबाट सुरु भएको ¥याली आवारोड, मङ्गलाघाट, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, शिक्षामार्ग, हस्पिटलचोक, कालीपुल, गणेशटोल, सङ्गमचोक, बैंकरोड र बालमन्दिरचोक हुँदै दुरसञ्चारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

¥यालीमा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा तथा ॐ लेखिएको झण्डा प्रयोग गरेका थिए । उनीहरुले सङ्घीयता खारेज हुनुपर्ने, बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने, नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, राजसंस्थाको पुनसर््थापना गर्नुपर्ने, राष्ट्रिय एकता कायम गर्नुपर्ने जस्ता नाराहरु बोलेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व राज्यमन्त्री भीमप्रसाद गौचनले बिशाल नेपाल एकीकरण गर्नका लागि पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको बताए । उनले अहिले राष्ट्रिय एकताको आवश्यकता रहेको बताउँदै नेपाललाई हिन्दुराष्ट्र कायम गर्नका लागि जनमत सङ्ग्रह गर्नुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको असहयोगका कारण प्रतिनिधि सभा विघटन गरेको बताउँदै नेता गौचनले अब निर्वाचनमा जानुको विकल्प नभएको बताए । देशको बजेटले धान्न नसक्ने भएकाले सङ्घीयता खारेज गर्नुपर्ने बताउँदै कम्युनिष्ट र कांग्रेस मिलेर हिन्दु धर्मलाई बेचेर खाएको उनले आरोप लगाएका छन् ।

सोही कार्यक्रममा बोल्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले हिन्दुधर्म नेपालको राष्ट्रिय पहिचान भएकोमा जोड दिएका थिए । उनले नेपालको बहुमत जनसङ्ख्याले हिन्दुधर्म मान्ने भएकाले देशलाई हिन्दु राज्य घोषणा गर्नुपर्ने माग गरे ।

कार्यक्रम राष्ट्रिय जागरण युवा सञ्जाल म्याग्दीका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता र सचिव देवेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । सरकारले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने र उक्त दिन सरकारी कार्यालयहरुले कार्यक्रम आयोजना गरेर मनाउनुपर्ने जनाइएको छ ।

वि.सं. १७७९ पुुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्न उनको तस्विर अङ्कित मुद्रा निकाल्न र राष्ट्रिय एकता दिवसका दिन राष्ट्रिय विदाको घोषणा गर्न आवाज उठ्दै आइरहेको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचान भएको र उनले त्यसबेला राज्य सञ्चालनका क्रममा पु¥याएको योगदान तथा भनेका विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

Leave a Reply