अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

‘लोकतन्त्रमा नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायणको अपमान भयो’

On: January 12, 2021 7:51 AM
Follow Us:
---Advertisement---

म्याग्दीमा आयोजति पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा बोल्ने बक्ताले गणतन्त्रको नाममा इतिहासलाई निल्ने प्रयास भएको आरोप लगाएका छन् । विश्व हिन्दु महासंघ म्याग्दीले नेपाल एकीकरणको नेतृत्व गरेका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रम महांघले आयोजना गरेको कार्यक्रममा नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहलाई लोकतन्त्रमा अपमान गरिएको गुनासो गरेका थिए ।

महासंघका केन्द्रिय सदस्य जगतनाथ आचार्यले गणतन्त्रको नाममा इतिहास मेट्ने प्रयास भएको भन्दै नयाँ पुस्तालाई राजतन्त्र र देशका सपुतका बारेमा जानकारी दिनुपर्ने बताए । कार्यक्रमको अध्यक्षता दिर्घबहादुर बानियाँ, स्वागत डण्डपानी उपाध्याय र सञ्चाल महासचिव विक्रम श्रेष्ठले गरेका थिए ।

तत्कालीन गोरखा राज्यका राजाका रूपमा रहेका पृथ्वीनारायण शाहले आफ्नो २० वर्षको उमेरबाट नेपाल एकीकरण थालेका थिए ।उनले निरन्तर रूपमा आफू ५२ वर्ष भइञ्जेलसम्म ३२ वर्ष अथक तवरले विभिन्न बाइसे–चौबीसे राज्यहरू एकीकरण गरी हालको नेपाल बनाएका थिए ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन